स्कुल गएकी करुणाको बलात्कारपछि हत्या भएको खुलासा

विराटनगर – घरबाट एक घण्टा पैदल हिँडेर पुगिन्छ करुणाको विद्यालय। बिहानै झोलामा किताब बोकेर हिँडेकी उनी फेरि कहिल्यै नफर्किने गरी बिदा भइन्। पढ्न हिँडेकी मोरङको लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईले कारुणिक मृत्यु बेहोर्नुपर्ला भन्ने कल्पना गरेकी थिइन्, न उनको परिवारले नै। ज्यामिरे मोरङको उत्तरी दुर्गम क्षेत्रमा पर्छ। सधैँ साथीसँग विद्यालय जाने आउने […]