उर्लाबारी ८ को कदम टोलमा एमालेको टोल कमिटी गठन


उर्लाबारी, १० फागुन । नेकपा एमाले उर्लाबारी वडा नम्बर ८ कदम टोलमा मंगलबार टोल कमिटी गठन गरिएको छ । कमल खङ्काको अध्यक्षतामा ३१ सदस्यीय टोल कमिटी गठन गरिएको हो ।

टोल कमिटीको उपाध्यक्षमा टोमबहादुर कार्की, सचिवमा दुर्गा खड्का, उपसचिवमा इन्दिरा बिक र सुमली मुर्मु रहनुभएको छ । यस्तै सदस्यहरुमा बसन्ती धामी, रबिन खड्का, झमक न्यौपाने, तुलसा खड्का, सुनिता चौहान, मकर रूचाल लगायत रहनुभएको छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मीदेवी भण्डारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य खड्गकुमार श्रेष्ठ, एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्तोला, उर्लाबारी ८ का वडा अध्यक्ष कुलबहादुर कार्की, एमाले नेता रूद्रबहादुर तामाङलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । नेकपा एमाले उर्लाबारी वडा नम्बर ८को अध्यक्ष अग्नि सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रम वडा सचिव सुनिल धिमालले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्