दशैंमा विपन्नका चुल्हो बाल्दैं दमक ३ नं. वडा कार्यालय


दमक, २३ असोज । चाडपर्वका अवसर पारेर दमक नगरपालिका वडा नम्बर ३ ले वडामा वसोबास गर्ने विपन्न र अशक्त परिवारलाई बुधबार एक कार्यक्रम गरि दशैँ कोसेली वितरण गरेको छ । वडा कार्यालयले प्रति घर एक वोरा चामल , २ किलो दाल , २ लिटर खाने तेल, १ केजी नुन र ३ वटा नुहाउने र लुगा धुने साबुन वितरण गरेको छ । वडामा बसोवास गर्नुहुने १ सय ८० घर परिवारलाई दशैंको कोशेली स्वरुप सामाग्री वितरण गरिएको वडाध्यक्ष नविन बरालले बताउनु भयो ।

वडा कार्यालय परिसरमा सम्पन्न भएको उक्त वितरण कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहनु भएका नगर प्रमुख राम थापाले यसखाले कार्यक्रमहरुले स्थानिय सरकार र जनप्रतिनिधि भएको अनुभुति नगारिकहरुले गर्नुहुने कुरामा विश्वास जगाउने बताउनु भयो । उप प्रमुख रेगिना भट्टराई प्रसाईले सम्बोधनका क्रममा बोल्दैं चुल्हो बाल्न समेत मुस्कील परेका नगरिकहरुका लागि जुनसुकैं बेला पनि दमक नगर सरकार राहतका लागि तयारी रहेको साथैं शिक्षा र स्वास्थ्यका विषयमा नगरले ठोस कदमहरु अगाडि बढाउदैं गरेको विषयमा आश्वस्त पार्नुभयो । टोल विकास संस्थाहरुले पठाएको सिफारिसका आधारमा राहत कोसेली वितरण गरिएको अध्यक्ष बरालले जानकारी दिनु भयो ।

प्रति परिवार २ हजार ८ सय रुपैंया बरावरको दरले खाद्यान्न सामाग्री र दैंनिक उपभोग्य सामाग्री वितरण कार्यक्रममा नगर र वडाको गरि ४ लाख ५० हजार बरावरको सामाग्री वितरण भएको हो । कार्यक्रममा कार्यपालिका सदस्य देवका देवी भूजेलको स्वागत मन्तव्य राख्नु भएको थियो भने । वडा सदस्य गजेन्द्र धिमाल, वडा सचिव बालकृष्ण कोईराला लगायतको उपस्थीति रहेको कार्यक्रम वडा सदस्य टिका ठटालले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्