उर्लाबारी –मधुमल्ला सडक खण्डमा परेको खाल्डाखुल्टी मर्मत



उर्लाबारी, २२ असोज । उर्लाबारी –मधुमल्ला सडक खण्डमा परेको खाल्डाखुल्टी सिद्धार्थ एग्रिगेट प्रालि उर्लाबारी १ ले मर्मत गरेको छ । मंगलबार सो सडक खण्डमा खाल्डाखुल्टी परेको ठाउँमा मर्मत गरिएको प्रालिका अध्यक्ष सचिन शाक्यले जानकारी दिनु भएको छ ।

चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि मर्मत गरिएको हो । दशैँ, तिहार लगायतका नेपालीहरुको महान् चाडपर्वका बेला यात्रुहरुलाई सहजताका लागि खाल्डाखुल्टी मर्मत गरेको प्रालिले जनाएको छ । यसअघि पनि सो प्रालिले सामाजिक उत्तर दायित्वका कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्