इलाका प्रहरी कार्यालय पथरीद्वारा नागरिक सुनुवाइ कार्यक्रम


कानेपोखरी, असोज २३  । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय पथरीले संयुक्त रुपमा नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । बुधवार पथरी शनिश्चरे १ मा रहेको उद्योग वाणिज्य संघको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रहरीको शान्ति सुरक्षाको विषयमा इलाका प्रहरी कार्यालय पथरीको कार्यक्षेत्र रहेको पालिकाहरु पथरी शनिश्चरे र कानेपोखरीका स्थानीय जनतासँग राय सुझाव लिन र प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्की, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहन बिक्रम दाहाल र ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालले सहभागिताबाट उठेका प्रश्नहरुको जवाफ दिएका थिए।

पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका भित्रका जनप्रतिनिधि, अग्रज व्यक्तित्व, राजनितीज्ञ लगायतको प्रतिनिधिमुलक रुपमा उपस्थित भएको कार्यक्रममा उद्योग वाणिज्य संघ पथरी महासचिव अशोक साम्पाङ, सुनाखरी मावीको प्रधानाध्यापक भुमिका मगर, पुर्व प्रहरी तथा रास्वपा पथरी शनिश्चरे ४ का सभापति खड्ग बहादुर श्रेष्ठ, वर्ष २०२४ जेसिज अध्यक्ष राजकुमार विश्वकर्मा, वडाअध्यक्ष उद्ववराज बस्नेत, राजनीतिकर्मी गोविन्द कटुवाल, लायन्स क्लब पथरीका अध्यक्ष रोशन बुढाथोकी लगायतका सहभागीहरुबाट बढ्दो लागुपदार्थ र मादकपदार्थको दुर्व्यसनी, चोरीडकैतीका घटनाहरु, चाडपर्वमा जुवातास, लगुरबुर्जा लगायतका खेलहरुको व्यापकतालाई न्यूनिकरण, सडक दुर्घटना, यात्रु सहायता कक्ष विषयक प्रश्नहरु सोधिएका थिए । सो प्रश्नहरुलाई प्रहरी प्रमुखहरुले जनताका पक्षमा सधैं कटिबद्ध भएर लाग्ने साथै सुरक्षाको प्रत्याभूति गराउन प्रहरीले हातेमालो गर्दै आएको र आउने समेत बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नवराज कार्कीको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथ्यता पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापो रहेका थिए भने नगर उपप्रमुख देवीमाया काफ्ले, संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, चण्डीप्रसाद राई, पुर्व प्रदेश सभा सदस्य कृष्ण कुमारी राई लगायत जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र ट्राफिक प्रहरी कार्यालय पथरीका प्रहरीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्