घनश्याम भण्डारी : वडाबासीले रोजेको, उर्लाबारी ६ ले खोजेको


उर्लाबारी । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै चुनावी माहोल सुरु भएको छ । स्थानीय तहहरुमा वडा सदस्यदेखी मेयर उपमेयरसम्मको चर्चा सुरु भएको छ ।

उर्लाबारी नगरपालिकाको वडा नम्बर ६ मा यसपटक नेकपा एमालेबाट युवा नेता घनश्याम भण्डारीको चर्चा चुलिएको छ । पत्रकार समेत रहनुभएका भण्डारी अनेरास्वबियुबाट राजनितिमा लाग्नुभएको हो । मुलुकको बिभिन्न राजनितिक परिवर्तनका लागि भएका आन्दोलनमा भण्डारी अग्रभागमा रहेर लाग्नुभएको थियो । उर्लाबारीमा भएका बिभिन्न आन्दोलन र अभियानमा भण्डारी सधैँ अग्रभागमा रहेर लाग्दै आउनुभएको छ ।

उर्लाबारी वडा नं. ६ मा एमाले केही कमजोर मानिएपनि भण्डारीको उम्मेद्वारी भएको खण्डमा कडा प्रतिष्पर्धा हुने जानकारहरु बताउँछन् । वडाबासीको रोजेको र वडा नंं ६ ले खोजेको उम्मेद्वार भण्डारी नै भएको वडाबासीको धारणा छ ।

सञ्चार क्लब नेपाल उर्लाबारीका पूर्व अध्यक्षसमेत रहनु भएका भण्डारी पार्टीको वडा अध्यक्ष लगायतमा बसेर काम गरिसक्नुभएको छ । उर्लाबारीका बिभिन्न सामाजिक सघंसंस्था, सहकारी लगायतमा पनि भण्डारीले काम गरिसक्नुभएको छ ।

एमालेबाहेक अन्य पार्टीसँग पनि भण्डारीको समधुर सम्बन्ध रहेका कारण यस पटक भण्डारीको पल्लाभारी हुने चर्चा चलिरहेको छ । गत निर्वाचनमा कांग्रेसले यो वडामा जितेको थियो । लामो समयदेखि भण्डारी निरन्तर सामाजिक सेवा र संचारकर्ममा खटिरहनु भएको छ । जनताको प्रतिनिधि भएर थप जनताको सेवामा खटिने भण्डारीले इच्छा राख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्