नगर प्रमुख शंकर राईद्धारा मह प्रसोधन मेसिन हस्तान्तरण


लेटाङ । मौरी पालन ब्यवसायलाई प्रवर्धन गर्ने उदेश्यले लेटाङ नगरपालिकाले मह प्रसोधन मेसिन वितरण गरेको छ । नगर प्रमुख शंकर राईले मौरी पालन गर्दै आएका लेटाङ ४ मा रहेको प्रसंसा हनि फार्मलाई तीन सय लिटर क्षमता भएको मह प्रसोधन गर्ने मेसिन प्रदान गर्नुभयो ।

धेरै बर्ष बैदेशिक रोजगारीका लागि विदेशमा बसेर फर्की आउनुभएका लोक बहादुर राईले संचालन गर्दै आउनुभएको उक्त फार्मलाई लेटाङ नगरपालिकाले मह प्रसोधन गर्ने मेसिन प्रदान गरेको हो ।

मौरीपालन व्यवसायलाई बिस्तार गर्दै बजारीकरणमा सहयोग गर्ने उद्देश्यले यो मेसिन प्रदान गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले बताउनुभयो । उहाँले कृषी, पशुपालन लगायतका क्षेत्रमा नगरपालिकाले बृहत कार्यक्रम गरिरहेको र प्रदेश र केन्द्र सरकार संगको समन्वयमा धेरै काम गरिरहेको बताउनुभयो ।

उहाँले आधुनिक कृषी बजार, कोल स्टोर लगायतका ठुला परियोजना लेटाङ नगरपालिकाले गरिरहेको समेत जानकारी दिनुभयो । नगरपालिकाले कृषी ब्यवसाय विकास गर्नका लागि धेरै कार्यक्रम गरिरहेको कृषी शाखाका प्रमुख करण श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्