दमक ८ मा पनि होटल पाथिभराको सेवा सुरु


झापा, १२ फागुन । विगत लामो समयदेखि दमक ५ मा सञ्चालित होटल पाथिभराले दमक ८ बाट पनि आजबाट आफ्नो सेवा सञ्चालनमा ल्याएको छ ।

व्यस्त चोक भन्दा अलग वातावरणमा बस्न, खान र रमाउन चाहनेहरुलाई लक्षित गरि ३ करोड ५० लाखको लगानीमा १० कोठाको अट्याच एसी डिलक्स रुमहरु , सेमीनार हल , विषेश गरि नेपाली परिकारका स्वादिष्ट स्वास्थ्यकर ताजा खाना खाजाका परिकारहरु उपलव्ध गराउने होटलको लक्ष्य रहेको सञ्चालक राजन दंगाल बताउनु हुन्छ ।

डेढ दशक लामो होटल र पर्यटन व्यवसायको अनुभवलाई लगानी गर्ने इच्छा साथैं दमक नेपालकै उत्कृष्ठ नगरीका रुपमा स्थापित भैंरहेकाले पनि थप गुणस्तरका साथमा नया होटल सञ्चालनमा ल्याएको दंगाल बताउनुहुन्छ । सञ्चालक दंगाल विगत लामो समयसम्म होटल व्यवसायी संघ दमकका अध्यक्ष रहि हाल उहाँ होटल व्यवसायी संघ १ नम्बर प्रदेशको अध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्