बालिका हत्याको घट्ना सत्यतथ्य छानविन गर्न नगरप्रमुखद्धारा प्रहरीलाई आग्रह


लेटाङ, १३ फागुन । ११ बर्षिय नाबालिका करुणा राईको बलत्कार पछि हत्या भएको घट्नालाई लिएर लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले चाडो दोषि पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न आग्रह गर्नुभएको छ ।

बलत्कारी तथा हत्याराका लागि नेपालको कानुन फितलो भएको भन्दै मृत्युदण्डको सजाय ल्याउन सरकारलाई आह्वान समेत गर्नुभएको छ । यो घट्नाले आफु सहित सारा मानिसलाई दुखित बनाएको भन्दै यस्ता घट्नाहरु हुन नदिन सबै लागि पर्नुपर्ने बताउनुभयो ।

उहाँले बालिकाको परिवारलाई निशुल्क स्वास्थ्य विमा गर्ने, परिवारका सदस्यलाई पढ्नका लागि निशुल्क गर्ने, घट्ना भएको क्षेत्रमा सुरक्षा बढाउन पहल गर्ने, जाँतेको माथिल्लो क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग गरिसकिएको भएता पनि ढिलाई किन भएको हो भनि खोजि गर्ने गायतका काम आफुले गर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्