उर्लाबारी ८ को योजनाहरूको अनुगमन


उर्लाबारी, १० फागुन ।  उर्लाबारी नगरपालिका वडा नम्बर ८ को योजनाहरूको अनुगमन गरिएको छ । मंगलबार उर्लाबारी नगरपालिका उपप्रमुख तथा अनुगमन समिति संयोजक लक्ष्मीदेवी भण्डारी, वडा नम्बर ८को प्राविधिक राम गड्तौला, वडा सदस्य चन्द्रा डाँगीले सहितको टोलीले अनुगमन गर्नुभएको हो ।

अनुगमन टोलीले उर्लाबारी वडा नम्बर ८ मा रहेको अरनिको माविमा संघीय सरकारको २५लाख लागतमा निर्माणाधीन अरनिकाे मावि (बहुउद्देशीय सभा हल)को अनुगमन गरेको छ । त्यस्तै कुल १० लाख २६ हजार ४ सय १५ रूपैया बजेटबाट निर्माण सम्पन्न भएको उर्लाबारी ८ को खाइवा चोक पूर्व दक्षिण प्रगती मार्ग साइड वाल निर्माण कार्यको समेत अनुगमन गरिएको उपप्रमुखको सचिवालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्