फेरि बढ्यो इन्धनको मूल्य, खाना पकाउने ग्यासको मूल्य पनि बढ्यो

काठमाडौं, २२ चैत । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ […]