उपमेयर भण्डारी प्राविधिकसहित योजना अनुगमनमा ब्यस्त


उर्लाबारी । उर्लाबारी नगरपालिका उपमेयर लक्ष्मीदेवी भण्डारीले १ नम्बर वडाका प्राविधिक कञ्चन भट्टराईसहित उर्लाबारी वडा नम्बर १ का सम्पन्न विभिन्न योजनाहरुको आइतबार अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा उहाँले नमुना सुकुम्बासी टोल होली पूर्व सडक मर्मतका लागि नगरपालिकाबाट १ लाख ७९ हजार ५ सय ३५ रूपैयाँ बजेटमा सम्पन्न २ सय ६७ मिटर सडक ग्राभेल, नगरपालिकाको ३ लाख र ३३ हजार ३ सय ३३ रूपैयाँ जनसहभागिताबाट सम्पन्न मणिकुमार श्रेष्ठको घरदेखि सिमसार जाने ४ सय २५ मिटर बाटो ग्राभेल, नगरपालिकाको ३ लाख र जनसहभागिताबाट ३३ हजार ३ सय ३३ रूपैयाँ बजेटमा सम्पन्न दलबहादुर सावाँको घरदेखि श्यामबहादुर श्रेष्ठको घरसम्म बाटो ग्राभेल, नगरपालिकाको ३ लाख ७४हजार ७ सय ५५ र जनसहभागिताबाट ६६ हजार १ सय ३३ रूपैयाँ बजेटबाट १ सय ६५ मिटर निर्माण सम्पन्न सूर्य मार्ग मर्मत(सडक पुर्ने तथा ग्राभेल ), नगरपालिकाको मर्मत कोषको ४लाख १९ हजार ९ सय ९३ रूपैयाँ बजेटबाट निर्माण सम्पन्न आइतबारे टोलमा पबित्राहाङमा आत्मानन्द माङहिम(मन्दिर) र धुपिङ्गे टोलमा नगरपालिकाको ८ लाख ६० हजार र ९५हजार ५ सय ५५ रूपैया जनसहभागिता बाट निर्माण सम्पन्न २ सय ३८ मिटर साइड वालको अनुगमन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्