एमाले उर्लाबारी ३ ले बुझायो मदन भण्डारी अस्पतालमा ध्यानाकर्षण पत्र


उर्लाबारी । नेकपा एमाले उर्लाबारी वडा नं. ३ ले मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आज अस्पताल प्रशासनलाई नेकपा एमाले वडा नं. ३ का अध्यक्ष एबं जनप्रतिनिधि भीष्म बुढाथोकीको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा ७० बर्षभन्दा माथीका जेष्ठ नागरिक तथा अत्यन्त विपन्न परिवारलाई सुगर परिक्षणलगायत अन्य रोगहरुको निशुल्क उपचारको ब्यवस्था गर्न माग गरिएको छ । स्वास्थ्य बिमा कार्यक्रममा ढिलासुस्ती नगर्न र छिटोछरितो सेवा प्रदान गर्न अनुरोध गरिएको अध्यक्ष बुढाथोकीले कोशी दैनिकलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्