उर्लाबारी ९ नम्बर वडामा अध्यक्षकाे बलियाे दाबेदार शेर्मा


उर्लाबारी २२ चैत । नेपाल सरकारले स्थानीय चुनावकाे घाेषणागरे संगै उम्मेदवारहरूकाे आकांक्षी बढ्दाे छ । यसै सन्दर्भमा आसन्न चुनावमा नेकपा एमालेबाट अध्यक्षकाे बलियाे दाबेदार हुन सुरेन्द्र शेर्मा ।

पारिवारिक सहजताकालागि केही वर्ष राजधानी बसेता पनि पार्टी प्रति बफादार र निरन्तरता भने उनीमा छँदैछ । बाल्यकाल र याैवन भने यसै स्थानमा बिताएका हुन् शेर्माले । आफ्नो वडाकाे विकास र यहाँका वडावासीले पाउने हरेक सेवा सुविधालाई मध्यनजर गर्ने, आफ्नाे भन्दापनि वडावासीकाे जीवनस्तर अघि बढाउने लक्षरहेकाे बताउँदै आगामी चुनावमा अध्यक्ष पदमा इच्छा जाहेरसंगै उनी जुटेका छन् । माेरङ उर्लाबारी नगरपालिकाकाे ९ वटा वडा मध्ये ९ नम्बर भनेकाे अन्य वडा भन्दा बाढीपीडित संगै दुर्गम क्षेत्र भन्दा दुईमत नहाेला ।

माेरङ जिल्लाकाे साविक राजघाट गाबिस हाल उर्लाबारी नगरपालिका ८ र ९ वडा बनेको हाे । साविक राजघाट नेकपा एमालेकाे बाहुल्यता वा पकड नै मान्न सकिन्छ । गत वर्षको स्थानीय तहकाे चुनावमा दुवै वडामा नेकपा एमालेकाे प्यानल नै आएकाे हाे । याे पटक पनि सही उम्मेदवार ,शासक हैन सेवककाे धारणा राख्ने, आफ्नो उन्नति हैन वडावासीकाे हुनुपर्छ भन्ने , वडा संगै वडावासीकाे विकास र हित चाहने एक मात्र उम्मेदवारकाे क्षमता भएका नेकपा एमालेबाट सुरेन्द्र शेर्मा सशक्त देखिन्छन्।

प्रतिक्रिया दिनुहोस्