लेटाङ नगरपालिकाद्धारा सिलाई मेसिन वितरण


लेटाङ, २२ चैत ।  लेटाङ नगरपालिकाले सिलाई मेसिन वितरण गरेको छ । आज नगरपालिकाका प्रमुख शंकर राईले सिलाईबुनाई ब्यवसाय गर्न चाहाने तर मेसिनको अभावमा बसिरहेका स्थानयि दलित समुदायका मानिसहरुलाई सिलाई मेसिन वितरण गर्नुभएको हो ।
आत्मनिर्भर र स्वरोजगार बनाउनका लागि सिलाईको तालिम लिएर बसेका जनशक्तिलाई मेसिन दिएर ब्यवसायिक बनाउनका लागि मेसिन वितरण गरिएको नगरप्रमुख राईले बताउनुभयो । बेरोजगार भएर बस्नु भन्दा सिप सिकेर स्वरोजगार वनाउनका लागि नगरपालिकाले सहयोग गर्ने भएकाले त्यस्ता ब्यक्तिहरुले नगरपालिकामा समन्वय गर्न आह्वान गर्नुभयो । उहाँले अन्य ब्यवसाय गर्न चाहानेहरुलाई समेत नगरपालिकाले सहयोग गरिरहेको र यसलाई निरन्तरता दिने बताउनुभयो ।
एक वडा वाट ३ जना गरि २७ जना र समितिले छनौट गरेका २ जना गरि २९ जना सिलाई ब्ययवसाय गर्न चाहाने दलित बर्गका ब्यवसायिहरुलाई लागि मेसिन वितरण गरिएको कार्यक्रम संयोजक मुना सार्कीले जानकारी दिनुभयो । मेसिन बितरण कार्यक्रममा वडा अध्यक्ष सन्ताेष कार्की , कार्यापालिका सदस्यहरु शुशिला बिश्वकर्मा ,सिता बिक , राधिका बिक, दलित संघका नगर उपाध्यक्ष कृष्ण बिश्वकर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्