इटहरीको बजार क्षेत्रमा देखियो चितुवा, प्रहरी परिचालन

इटहरी – सुनसरीको इटहरीस्थित बजार क्षेत्रमा सोमबार बिहान एक चितुवा देखा परेको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर ६ जुट विकास क्षेत्रमा चितुवा देखिएको हो। ‘चितुवा जुट विकास क्षेत्रमा यताउता गरिरहेको छ। नियन्त्रणका लागि वन कार्यालयसँग समन्वय भइरहेको छ,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले भने। चितुवा देखिएका क्षेत्रमा नेपाल प्रहरी परिचालन गरिएको […]