उर्लाबारी ५ नं. वडाभित्र ढल निकासको काम सुरु


उर्लाबारी, २१ जेठ । उर्लाबारी वडा नं. ५ का वडा अध्यक्ष रविन लामाले वडाभित्र ढल निकासको काम सुरु गर्नुभएको छ । आज शनिवार वडा कार्यलय बिदा भएको दिन वडाभित्र आफै प्रत्यक्ष सहभागी भएर जेसिभिमार्फत ढल निकासको काम सुरु गर्नुभएको हो ।

शनिवार विदाको दिन वडाबासी सबैँ एकजुट भएर ढल निकासको काम गरिएको थियो । वर्षायाम सुरु भएसँगै पानीको निकास नहुँदा वडा नं. ५ वर्षेनी डुबानमा पर्ने गरेको छ ।

यसको दिर्घकालिन समस्या समाधान गर्ने योजना रहेपनि तत्कालका लागि थुनिएको र रोकिएको ढल निकासलाई खुलाउने काम भईरहेको वडाध्यक्ष लामाले बताउनुभयो । वडाका सबै क्षेत्रमा ढल निकासको काम गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्