इटहरीको बजार क्षेत्रमा देखियो चितुवा, प्रहरी परिचालन


इटहरी – सुनसरीको इटहरीस्थित बजार क्षेत्रमा सोमबार बिहान एक चितुवा देखा परेको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर ६ जुट विकास क्षेत्रमा चितुवा देखिएको हो। ‘चितुवा जुट विकास क्षेत्रमा यताउता गरिरहेको छ। नियन्त्रणका लागि वन कार्यालयसँग समन्वय भइरहेको छ,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले भने।

चितुवा देखिएका क्षेत्रमा नेपाल प्रहरी परिचालन गरिएको छ। चितुवा पानीले भिजेको अवस्थामा छ। चितुवाले अहिलेसम्म कसैलाई पनि आक्रमण गरेको छैन। चितुवा भएको ठाउँमा भिडभाड गर्न नदिइएको उनले बताए। आज बिहान चितुवा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्