बजेट सक्न १ नं. प्रदेशका सांसद् घुम्दै रमाउँदै मस्तीमा


विराटनगर । प्रदेश एकमा बजेट निर्माणको चटारो भएपनि यति खेर सासंदहरु घुमफिरमा निस्किएका छ्न । प्रदेश सभामाका सातवटा समिति मध्ये चारवटा समितिका पदाधिकारी र सदस्यहरु घुम्न निस्किएका हुन ।

ससंद सचिवालयले दिएको जानकारी अनुसार समिति मध्ये बिधायन समिति र सार्वजनिक लेखा समितिका सदस्यहरु गण्डकी र बागमती गएका छ्न । पर्यटन वन वातावरण समिति ताप्लेजुङ र अर्थ समिति संखुवासभा तिर गएका छ्न ।

ससंद सचिवालयका अनुसार समितिका सभापति र सदस्यहरु अनुभव आदानप्रदान कार्यक्रम अन्तर्गत गएका हुन । तर अहिले सामाजिक सन्जालमा उनिहरु कति ठाउँ घुम्दै रमाउदै गरेको फोटो पोस्ट गरिरहेका छन । सासद कुसल लिम्बुले त लाइभ नै हाली रहेका छ्न ।

भ्रमण टोलि रहेका एक सासंद्ले टेलीफोनमा भने ‘असारमा बजेट त सक्नु पर्यो नि तेहि भएर पशुपतिको यात्रा सिद्राको ब्यापार गरिरहेको छौ।’ उनको भनाइ अनुभव आदान प्रदान निहु मात्रै हो ।

कतिपय सासद अहिले पाथिभरा र मुस्ताङको फोटो पोस्ट गरि रहेका छ्न । प्रदेश एक सभामा सात वटा समिति छ्न । ती समितिलाई सात लाख बजेट दिएको छ । अरु समितिहरु केही समय अघि नै घुमेर आएकोले अहिले अरु समिति अनुभव आदानप्रदानको नाममा गएका हुन । बजेट सक्नु पर्ने बध्यता भएकाले माननीयहरु अहिले हिड्नु भएको प्रदेश सभाका एक कर्मचारीले बताए ।

पब्लिक फोरमका अध्यक्ष उतम दुङेलले भने ‘बजेट बनाउने बेलामा शिर्षक मिलाएर घुम्ने ,नाच्ने , रमाइलो गर्ने र मस्ती गर्ने यो समय नभएको बताउनु भयो ।’ यस्ले प्रदेशको बिकासमा नै बाधा पुग्ने र जनताले प्रदेश कै बारेमा प्रस्न उठाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो असारको बेला बजेट सक्नु पर्छ भन्ने नीति उहाहरुमा देखिन्छ ।

प्रदेश सरकारको प्रवक्ता समेत रहेका यातायात तथा सन्चार मन्त्री उपेन्द्र घिमिरेले पहिला नै बजेट छुट्याएर राखेकाले उहाँहरु जानुभएको जानकारी दिनुभयो । तर यो उपयुक्त समय भने नभएको उहाँले बताउनुभयो ।

घुम्न गएका समितिका सभापतिको सभापति र सदस्यहरु नेकपा एमाले, नेपाली काग्रेस देखि माओवादी केन्द्रका छन । प्रदेश एक सरकारले यहि असार २५ गते नीति कार्यक्रम र मसान्तमा बजेट ल्याउने तयारी गरेको छ । – पुर्वेली प्रेसबाट साभार 

प्रतिक्रिया दिनुहोस्