विराटनगरमा आज एमालेको भेला, अध्यक्ष ओलीले सम्बोधन गर्ने



विराटनगर, २७ जेठ । विराटनगरमा आज नेकपा एमालेको मोरङ जिल्लास्तरीय बृहत कार्यकर्ता भेला हुदैछ । विराटनगर बरगाछि उत्तरको कञ्चनजङ्घा बैंक्वेटमा “वर्तमान राष्ट्रिय राजनीति र भावी कार्यदिशा”का सम्बन्धमा हुने जिल्लास्तरीय कार्यकर्ता भेलालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

भेलामा पालिका कमिटीका सदस्यहरु, सम्पूर्ण वर्तमान तथा पूर्व जनप्रतिनिधिहरु, जनसंगठनका जिल्ला र सो भन्दा माथिका नेताहरु, पार्टी जिल्ला कमिटी, जिल्ला अधिवेशन तथा महाधिवेशन प्रतिनिधीहरु, प्रदेश कमिटी, केन्द्रीय निकाय, विभाग र केन्द्रीय नेताहरु, पेशागत र बौद्धिक ब्यक्तित्वहरुको सहभागिता रहने नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । कार्यक्रम विहान ११ बजेदेखि सुरु हुने एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्