उर्लाबारी नगरपालिकामा बजेटको तयारी सुरु, कुन वडालाई कति ?


उर्लाबारी, २३ जेठ । उर्लाबारी नगरपालिकाले आगामी असार १० गते ल्याउने बजेटको तयारी सुरु गरेको छ । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले वडामा बजेटको सिलिङ तोक्दै तयारी सुरु गरेको हो ।

कार्यपालिका बैठकले जनसंख्या, क्षेत्रफल, पूर्वाधार विकास, राजश्व परिचालन र लागत सहभागिताको अवस्थालाई आधार बनाएर वार्ड सिलिङ तोकिएको नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का अध्यक्ष भीष्मराज बुढाथोकीले जानकारी दिनुभयो । प्रत्येक वडालाई न्युनतम ६० लाख रुपैयाँ बजेट सिलिङ तोकेको छ भने थप रकम सुत्रमा आधारित बजेट सीमाबाट वडागत तोकिएको छ ।

उर्लाबारी वडा नं. १ लाई १ करोड १७ लाख २३ हजार २८९, वडा नं. २ लाई १ करोड १० लाख ३९ हजार ९६ रुपैया, वडा नं. ३ लाई १ करोड ३० हजार ३८८, वडा नं. ४ लाई १ करोड १० लाख ८७ हजार ७६ रुपैया, वडा नं. ५ लाई १ करोड ५ हजार ३९५, वडा नंं ६ लाई १ करोड ४८ हजार १६१ रुपैया, वडा नं. ७ लाई १ करोड १४ लाख २६ हजार ६२८, वडा नं. ८ लाई १ करोड २१ लाख ३१ हजार ३१ र वडा नं. ९ लाई १ करोड १५ लाख ८ हजार ९३६ रुपैया सिलिङ तोकिएको छ । स्थानीय तहले असार १० गते बजेट ल्याउनुपर्नेछ । नगर प्रमुख खरेलले आगामी बजेट, कार्यक्रम र योजनाका विषयमा सरोकारवाला निकायसँग छलफल समेत गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्