मोरङमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई विराटनगरमा प्रशिक्षण


बिराटनगर, २२ जेठ । नेकपा एमाले मोरङले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई विराटनगरमा प्रशिक्षण दिएको छ । मोरङ जिल्लामा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिहरुलाइ राखेर प्रशिक्षण दिएको हो ।

स्थानीय तहमा कसरी काम गर्ने र स्थानीय तहसँग पार्टीलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण दिईएको एमाले अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । एमाले मोरङले स्थानीय तह जनप्रतिनिधि आचारसंहिता – २०७९ समेत जारी गरेर त्यही अनुसार काम गर्न निर्देशन दिएको  । एमाले मोरङले जनताको हितमा लागि परेर काम गर्न निर्देशन दिएको जिल्ला सचिव रुपेश खतिवडाले जानकारी दिनुभयो ।

 

प्रशिक्षणमा पालिका प्रमुख, उपप्रमुख,वडा अध्यक्ष कार्यपालिका सदस्यहरुको सहभागिता रहेको छ । मोरङमा नौ वटा पालिका प्रमुख जितेर एमाले पहिलो पार्टी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्