चिनमा चालकरहित ट्याक्सी सेवा सुरु
काठमाडौँ । चिनको राजधानी बेइजिङमा चालकरहित ट्याक्सी सेवा सञ्चाललाई अनुमति दिइएको छ । बेइजिङमा स्वचालित ट्याक्सी चलाउन अनुमति दिइएको अन्तराष्ट्रिय सञ्चारमध्यामहरुले जनाएको छ ।
रोटोटेयाक्सी भनिने त्यस्ता सवारसाधनहरु राजधानीका दक्षिणपूर्वी भेगमा चलाउन अनुमति दिइएको छ । अहिले बेइजिङको यीझुआङको ६० वर्ग किलोमिटर क्षेत्रमा सो सेवा उपलब्ध गराइएको छ ।
यो पहिलो परिक्षण भएको र यो योजना सफल भए ठूलो संख्यामा यस्ता ट्याक्सीहरु चलाउने योजना रहेको छ ।