बाल साहित्य महोत्सवमा माउन्ट हर्मोन स्कुलद्वारा विज्ञान प्रर्दशनी, उत्कृष्ट हस्तलेखन


सनम रोक्का/ कानेपोखरी, वैशाख २८ । मोरङ कानेपोखरी ६ रमाइलोमा रहेको माउन्ट हर्मोन ऐकेडेमीले बुधबार ‘बाल साहित्य महोत्सव -२०८०’ मा सक्रिय सहभागीता जनाउँदै विज्ञान प्रर्दशनी एवं उत्कृष्ट हस्तलेखन गरेको छ ।

विज्ञान प्रर्दशनी अन्तर्गत विद्यार्थीहरुले निर्माण गरेको विज्ञानका सामग्रीहरु लण्डन ब्रिज, जलविद्युत बाँध, रेन वाटर हार्वेस्टिंग हाउस, माउन्ट हर्मोन स्कुललाई माटो र कागजको प्रयोग गरि दृश्यात्मक प्रस्तुती गरिएको विद्यालययिय काल्पनिक मोडल लगायतका प्रर्दशन र विद्यार्थीहरु युना श्रेष्ठ र बिना तामाङले हस्तलेखन गरेको नेपाली र अङ्ग्रेजी उत्कृष्ट हस्तलेखनको रुपमा आयोजकले छनोट गरेको विद्यालयका शिक्षक एविन पाठकले बताए । उनले भने ‘हाम्रा ९ कक्षाका विद्यार्थी भाईबहिनीहरुले भाषण, साहित्य लगायतका विद्यामा सक्रिय सहभागीता जनाए’ ।

उक्त हस्तलेखनलाई प्रतियोगितामा लाने वा उत्कृष्टको रुपमा पुरस्कार दिने वा प्रमाणपत्र मात्र प्रदान गर्ने भन्नेबारे आयोजकले छलफल गरेर निर्णय गर्ने बताए ।

यस कार्यक्रमलाई कला साहित्य प्रर्वद्धन समिती, पथरी शनिश्चरेले आयोजना गरेको हो भने व्यवस्थापन पथरी शनिश्चरे नगरपालिका र पथरी बहुमुखी क्याम्पसमा संचालित रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्