कोशी प्रदेश सिएच आइटिएफले गर्यो चाडपर्व शुभकामना आदनप्रदान कार्यक्रम
सनम रोक्का
कानेपोखरी, असोज १३ । सिएच आइटिएफ तेक्वाण्डो संघ कोशी प्रदेशले नजिकिदैँ गरेको चाडपर्वहरु दशैं, तिहार र छ्ठपर्व लगायतको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार एक औपचारिक कार्यक्रमका बिच कोशी प्रदेशको आफ्नो मातहतका ठाउँहरु कानेपोखरी, उर्लाबारी लगायतका प्रशिक्षार्थी, प्रशिक्षक, पदाधिकारी र अभिभावकहरुसँग शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा सिएच आइटिए तोक्वाण्डो संघ कोशी प्रदेशका अध्यक्ष युवराज भुजेल, सचिव दिनेश सुब्बा, मोरङ जिल्ला अध्यक्ष विद्यानन्द चौधरी, अन्य पदाधिकारीहरु, प्रशिक्षक, प्रशिक्षार्थी, अभिभावक र पत्रकारहरुको उपस्थितमा सिएच आइटिएफका पदाधिकारीहरुले खेलाडीहरुलाई टीका ग्रहणसँगै दक्षिणा दिदैँ शुभकामना दिएका थिए ।
कार्यक्रमको सम्बोधन गर्दै संघका अध्यक्ष युवराज भुजेलले खेलाडीहरुको व्यवहार, आचरण साथै अनुशासन कायम गर्न खेलकुदले सहयोग पुगोस् भन्ने शुभकामना व्यक्त गरे । उनले भने, ‘खेलप्रतिको मोह जगाउँदै दुर्व्यसन र कुलतबाट टाढा रही स्वास्थ्य जीवन जिउँने कार्यमा सिएच आइटिएफले सहयोग गर्दै आएको र नयाँ खेलाडी उत्पादन गर्न र खेलाडीहरुलाई व्यवसायिक तर्फ उन्मुख गर्न आफू र संस्था सधै तत्पर रहेको बताए ।’
उपस्थित अन्य अतिथिहरुले आउँदै गरेको चाडपर्वहरुको शुभकामना दिदैँ यस संस्थाले कानेपोखरीमा एक फरक पहिचान बनाएर स्थानीय तह, प्रदेश स्तरीय र केन्द्रिय तहमा गौरवान्वित नाम दर्ज गरेको र आगामी दिनहरुमा समेत अझ प्रगति गर्दै जाओस् भनेका थिए ।
कार्यक्रमको संचालन सिएच आइटिएफ कोशी प्रदेश सचीव दिनेश सुब्बाले गरेका थिए । कार्यक्रकमा करिब ४० प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।