नव प्रतिभा फुटबल खेल : हिमाल युनाइटेड र जहदाको सुरुवाती अग्रता
असोज २७, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ३ स्थित हरकपुरमा दोश्रो संस्करण पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ ।
नव प्रतिभा युवा क्लबको आयोजनामा भएको उद्घाटन खेलको पहिलो खेलमा हिमाल युनाइटेड जितेको छ । किरात फुटबल क्लबलाई २ गोलको विरुद्ध हिमाल युनाइटेडले ४ गोल गर्दै जित निकालेको थियो । खेलमा हिमाल युनाइटेडको तर्फबाट अस्मिन राई र काजीमान राईले १–१ गोल गरेका थिए भने उदिप लिम्बूले २ गोल गरेका थिए ।
त्यस्तै, किरात फुटबल क्लबका आशिस लिम्बूले दुई गोल फर्काएका थिए । खेलको म्यान अफ दि म्याच हिमाल युनाइटेडका उदिप लिम्बू घोषित भए ।
त्यस्तै दोस्रो चरणको खेलमा जहदा फुटबल क्लबले जितेको छ । खेलमा बेलबारी फुटबल क्लबलाई २–५ गोलको अन्तरले जहदा फुटबल क्लबले जितेको थियो । जहदा फुटबल क्लबका राहुल राई, सन्जय लिम्बू र आशिष तामाङले १–१ गोल गरेका थिएभने अभिनय लिम्बूले दुई गोल गरेका थिए ।
त्यस्तै बेलबारी फुटबल क्लबका नन्दु खवास र विशाल तामाङले दुई गोल मात्र फर्काएका थिए । खेलको क्यान अफ दि म्याच जहदा फुटबल क्लबका सन्जय लिम्बू घोषित भएका थिए ।
आजको पहिलो खेल र्कितिपुर फुटबल क्लब र ड्रिम स्पोष्ट क्लब बीच हुने छ भने दोस्रो चरणको खेल शुक्रबारे फुटबल क्लब र शिवालय फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।खेलको उद्घाटन वडा नं. ३ का वडा अध्यक्ष गोपाल बहादुर कार्कीले गरेका थिए । क्लबका अध्यक्ष जयराज लिम्बूको अध्यक्षतामा भएको उद्घाटन खेलमा अतिथिहरु काजी बस्नेत, रमाइलो प्रहरी चौकीका प्रतिनिधि साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथि रहेका थिए । कार्यक्रम संचालन क्लबका सचिव सुमन थोक्लेनले गरेका थिए भने स्वागत मन्तव्य क्लबका सल्लाहकार समितिका संयोजक गणेश मादेनले गरेका थिए ।
प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार १ सय ११ रुपैयाँ र दोश्रो पुरस्कार ३० हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र रहेको सचिव लिम्बूले जनाए ।
प्रतियोगितामा हिमाल युनाइटेड एफसी, किराँत एफसी, बेलबारी ८ एफसी, जहदा एफसी, किर्तिपुर एफसी, ड्रीम्स स्पोट्र्स एफसी, शुक्रबारे एफसी, शिवालय एफसी, कानेपोखरी एफसी, टाँडी स्पोट्र्स एफसी, जुरा एफसी र नव प्रतिभा युवा क्लब गरि १२ टिमको सहभागीता रहने क्लबका अध्यक्ष जयराज लिम्बूले बताए ।
खेल अवधीभरिबाट समापनको दिन सर्वोउत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, राइजिङ प्लेयर जस्ता विद्यागत पुरस्कार गरिने आयोजकले बताए ।