उपभोक्ताको मन जित्दै आईजोन इन्टरनेट


उर्लाबारी – आइजोन इन्टरनेटले पूर्वी नेपालका गाउँ तथा शहर बजारमा सञ्जाल फैलाउँदै आएको छ । अहिले सूचना र प्रविधिको क्षेत्रमा बजारमा बग्रेल्ती इन्टरनेट आएका छन् । ती थरीथरीका परिपरिका देखिन्छन् तर आइजोन इन्टरनेटले कम मूल्यमा बढीभन्दा बढी गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको प्रवन्धक / निर्देशक नवीन श्रेष्ठ बताउनुहुन्छ ।

उर्लाबारीमा प्रधान कार्यालय रहेको आइजोन इन्टरनेटले प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गाउँ तथा शहरमा छिटो, छरितो र भरपर्दो सेवा दिइरहेको छ। सुलभ मूल्यमा बढी से बढी अर्थात् उत्कृष्ट सेवा प्रदान गर्न तल्लीन यो इन्टरनेटले मोरङको उर्लाबारी, पथरी, हसन्दह, लेटाङ, रतुवामाई, मधुमल्ला, विराटचौक, झापाको चारआली, बिर्तामोड, शिवसताक्षी, सुनसरीको इनरुवा, इटहरी, तरहरा र इलामको चुलाचुली क्षेत्रका गाउँ तथा शहरी र बजार क्षेत्रमा सेवा प्रदान गर्दै आएको मार्केटिङ विभाग प्रमुख तारा खतिवडाले जानकारी दिनुभयो ।

पूर्वी नेपालका चार जिल्लाका दर्जन गाउँ तथा नगरपालिकामा छिटोछरितो भरपर्दो गुणस्तरीय इन्टरनेट प्रदान गरेकैले हुने विरुवाको चिल्लो पात भने झैँ छोटो अवधिमा ८ हजारमाथि ग्राहकको मन जित्न सफल भएको प्रवन्धक निर्देशक श्रेष्ठको भनाई छ । होम र कर्पोरेट गरी ८ हजारमाथि उपभोक्तालाई सेवा प्रदान गर्दै आएको आइजोन पूर्वकै पहिलो फाइबर इन्टरनेट रहेको छ। सरकारी, गैरसरकारी, बैंक तथा वित्तीय सहकारी संस्था, स्वास्थ्य संस्था, होटल, पसल, उद्योग, शैक्षिक संस्था आइजोनले वर्षका ३६५ दिन २४ सै घण्टा सेवा प्रदान गर्दै आएको छ ।

सहज तरिकाले सेवा प्रदान गर्ने उद्देश्य अनुरूप आइजोनले नेटमा केही खराबी भए या कम्प्लेन गरिए फाइबर टिम सक्रिय रहेकोले तत्काल त्यसको समाधान गर्दै आएको जनाएको छ । उच्च स्तरीय व्यवस्थापकीय क्षमता र शीघ्र सेवा भएकै कारण आइजोन लोकप्रिय बनेको छ । उपभोक्ताको मन जित्न सफल यो इन्टरनेट सेवालाई झन् चलायमान बनाउन ६० भन्दा बढी कर्मचारी परिचालन गरिएको छ भने डेढ दर्जन

शाखा मार्फत उपभोक्तालाई सेवा दिइरहेको छ । उत्कृष्ट सेवा र सुलभ मूल्यमा आइजोनले इन्टरनेट दिएको उर्लाबारी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रितम खड्गी बताउनुहुन्छ । बेलाबेलामा कर्मचारीलाई तालिम, प्रशिक्षण समेत प्रदान गर्दै आएको आइजोनले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेकोले कर्मचारी अर्थात टिमवर्क अत्यन्त राम्रो र उनीहरुमा सक्रियता र हौसला बढेको मार्केटिङ विभाग प्रमुख खतिवडाको भनाई छ ।

‘नयाँ नयाँ तरिका र सिक्ने सिकाउने काम हामी बेलाबखतमा गर्दै आएका छौं’ उहाँले उल्लेख गर्नुभयो । विगत केही वर्ष अघि यो इन्टरनेटमा केही कमिकमजोरी भएपनि अहिले ती समस्या हल भएर गएका छन् भने धेरैको रोजाइ आइजोन नै भएको युवा समाजसेवी सचिन शाक्यको भनाई छ । सधैं सबैको लागि भन्ने उद्घोषका साथ अघि वढेको आइजोन इन्टरनेटमा नेट टिभी, टाइम प्याक सर्भिस, सस्तो तथा गुणस्तरीय सेवा, छिटो छरितो भरपर्दो सहज सेवा लगायतका विशेषता रहेका छन् ।

आइजोनले इन्टरनेटको व्यापारमात्र नगरेर सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न कार्य गर्दै आएको छ । सामाजिक सेवाको क्षेत्रमा अग्रसरता देखाएको यो इन्टरनेटले मेला, महोत्सव, खेलकुदका कार्यक्रम, रेडक्रस, वाल आश्रम, वृद्धाश्रम, ज्येष्ठ नागरिक प्रतिष्ठान र असहायलाई निःशुल्क सेवा प्रदान गरेको ! प्रवन्धक निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । ‘हाम्रो उद्देश्य कम नाफा, बढी सेवा र सामाजिक उत्तरदायित्व हो’, उहाँले थप्नुभयो । आइजानेका ! नियमित ग्राहक रिपुराज भट्टराईका अनुसार सस्तो, छिटो र गुणस्तरीय भएका कारण इन्टरनेटको दुनियामा आइजोन नै काफी रहेको छ। छोटो । समयमा प्रदेश नं. १ का ४ जिल्लाका आठ हजार ग्राहकसम्म पुगेको आइजोनको सेवाले । सन्तुष्टि मिलेको उपभोक्ताहरुले बताउँदै आएका छन् ।

|

प्रतिक्रिया दिनुहोस्