कम मुल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिँदै आइजोन



उर्लाबारी, ३ असार । मोरङको उर्लाबारी नगरपालिकामा केन्द्रीय कार्यालय रहेको आइजोन इन्टरनेटले कम मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै पूर्वी नेपालमा सञ्जाल फैलाउँदै आएको छ ।

ग्रामिण क्षेत्रदेखी शहरबजार सम्म आइजोन नेट प्रयोगकर्ताको संख्या बढ्न थालेको छ । पछिल्लो समय सो कम्पनीले कम मुल्यमै गुणस्तरीय सेवा दिन थालेपछी यसको प्रयोगकर्ता बढेका हुन् । आइजोनले झापा, मोरङ र सुनसरीका गाउँ, शहरमा इन्टरनेट सेवा प्रदान गर्दै आएको प्रवन्धक निर्देशक नवीन श्रेष्ठले जानकारी दिनुभयो ।

मोरङको पथरीशनिश्चरे, हसन्दह, मधुमल्ला, रतुवामाई, विराटचौक, सुनसरीको इनरुवा, इटहरी, तरहरा, झापाको दमक, सुरुंगा, विर्तामोड, धाइजनमा शाखा सञ्चालनमा ल्याएको आइजोनले इलामको चुलाचुली र झापाको शिवसताक्षीमा पछिल्लो समय शाखा खोलेको छ । ७ हजारभन्दा बढी ग्राहक रहेको आइजोनले गुणस्तरीय र छिटोछरितो सेवा प्रवाहलाई जोड दिँदै आएको छ ।

सधैँ सबैका लागि भन्ने उद्घोषका साथ अघि बढेको आइजोन इन्टरनेटमा नेट टिभी, टाइम व्याक सर्भिसलगायतका विशेषता रहेका छन् । आइजोनले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न कार्य गर्दै आएको छ । उर्लाबारीका दर्जन बढी सामाजिक संस्थालाई निःशुल्क इन्टरनेट प्रदान गरिएको प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्