रुपेश खतिवडा : अखिलको साधारण सदस्यदेखी एमाले जिल्ला सचिवसम्म

उर्लाबारी । रुपेश खतिवडा नेकपा एमाले बृतमा मात्र होईन आम जनमानसमा चीर परिचित नाम हो। २०४५ सालमा मोरङको साविक राजघाट गाबिस वार्ड नं. ३ हाल उर्लाबारी नगरपालिका ८ मा अवस्थित अरनिको मावि दुर्गापुरीबाट स्कुले जीवनमा अनेरास्वबियु मावि कमिटीको सदस्यताबाट सुरु भएको खतिवडाको कम्युनिष्ट राजनीति हाल एमालेको मोरङ जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हाल्दै सशक्त रुपमाअघिबढिरहेको छ। […]