दुर्गापुरी बजार कालोपत्रे सडकको अनुगमन


उर्लाबारी, ९ चैत । उर्लाबारी नगरपालिका वडा नम्बर ८ दुर्गापुरी बजार कालोपत्रे सडकको बुधबार उर्लाबारी नगरपालिकाको उप प्रमुख लक्ष्मीदेवी भण्डारी र वडा नम्बर ८ र ९ का प्राबिधिक राम गड्तौलाले चैत ९ गते बुधबार अनुगमन गर्नु भएको छ ।

वडा नम्बर ८ मै नगरबाट बिनियोजित ८ लाख ७२ हजार २सय रूपैयाँ बजेटबाट उक्त १ सय २६ मिटर सडक भिमेश्वर कन्ट्रक्सन प्रालिले कालोपत्रे गरेको हो । त्यस्तै वडा नम्बर ८ कै ३ लाख बिनियोजित बजेटमा निर्माण सम्पन्न ३०० मिटर हरिनारायण टोल सडक ग्राभेल, वडा नम्बर ८ कै सरस्वती मार्गमा वडाको ५ लाख उपभोक्ता समितिको ५८ हजार रूपैयाँ बजेटमा निर्माण सम्पन्न ५ सय २५ मिटर सडक ग्राभेलको अनुगमन गर्नु भएको छ ।

त्यस्तै वडा नम्बर ९मा प्रदेशको ५ लाख बजेटबाट ३ सय ७० मिटर काङसोरे मार्ग सडक स्तर उन्नती र वडा नम्बर ९ मा नगरबाट बिनियोजित १४ लाख ४५हजार ३ सय ८६ रूपैयाँ बिनियोजित बजेटबाट २ सय३३ मिटर निर्माण सम्पन्न जोरबाटो कालोपत्रे सडक अनुगमन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्