तालिमबाट आकर्षक व्याग निर्माण


पथरी शनिश्चरे, ९ चैत । मोरङको पथरी शनिश्चरे ८ र ९ का महिलाहरुका लागि लघु उद्यम सम्बन्धी १ महिने ब्याग निर्माण  तालिम आज सम्पन्न भएको छ ।
नगरको लघु उद्यम शाखाको आयोजनामा ब्याग तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख दिलीपकुमार राईले सिपको महत्वको उदाहरण प्रस्तुत गर्दै तालिममा सहभागिलाई उद्यमी बन्न अनुरोध गर्नुभयो । उहाँले लघु उद्यम कार्यक्रम अन्तर्गत उद्यमी वन्न सक्ने बनाउन विभिन्न वडामा हालसम्म २ सयजनालाई सिपमुलक तालिम प्रदान गरिसकिएको सुनाउनु भयो ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले पनि महिलाहरु आत्मनिर्भर वन्नुपर्ने कुरामा जोड दिदै तालिमबाट आकर्षक व्याग निर्माण भएकोमा खुसी व्यक्त गर्नुभयो ।  कार्यक्रममा, नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, ९ नम्बर वडाध्यक्ष भानुभक्त राई, कार्यपालिका सदस्य निर्मला गदाल विश्वकर्मा, गीता विश्वकर्मा, तालिम सहजकर्ता निकिसा विष्ट सहितले मन्तव्य व्यक्त गर्नुभयो ।
ब्याग तालिममा दुवै वडाका २२ जना जनाको सहभागिता रहेको लघु उद्यम शाखाकी वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्कीले जनाउनु भयो । ब्याग तालिमका लागि २२ वटा मेसिन खरिद समेत गरी ४ लाख ४७ हजार ४ सय ५० रुपैयाँको बजेटको कार्यक्रम गरिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत हालसम्म वडा नम्बर १, २, ३, ४, ७, ८ र ९ मा लघु उद्यमका विभिन्न कार्यक्रम सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्