स्थानीय तहको निर्वाचन नगर्ने चलखेल विरुद्ध अनेरास्ववियुको मसाल जुलुस


विराटनगर, २२ माघ । एमाले निकट अनेरास्ववियु महामनगर कमिटीले आज साँझ विराटनगरमा मसाल जुलुस निकालेको छ । विराटनगरमा निकालिएको मसाल जुलुस सहित विद्यार्थीले नगरका विभिन्न भागमा प्रर्दशन गरेका थिए । मसाल जुलुस ट्राफिक चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

स्थानीय तहको निर्वाचन नगर्ने सत्ता गठबन्धन सरकारको चलखेल विरुद्ध अनेरास्ववियुले विराटनगरमो मसाल जुलुस सहित प्रदर्शन गरेको हो । अनेरास्ववियुले अविलम्व स्थानीय तहको निर्वाचन मिति घोषणाको माग गर्दै निरन्तर रुपमा दवाव मुलक कार्यक्रम गर्दै आएको उपमहासचिव भाष्कर खनालले बताउनुभयो । उहाँले आन्दोलन निरन्तर रुपमा जारी रहने बताउनुभयो । उहाँले गठबन्धन सरकारका नकारात्मक कामको निरन्तर विरोध गरिने बताउनुभयो । अनेरास्ववियुले प्रदेश १ सरकारले मन्त्रालय विस्तार गर्ने निर्णय, मूल्यबृद्धि, सरकारी असंवैधानिक अभिव्यक्तिको विरोध गर्दै आएको छ ।

आज साझ निकालिएको मसाल जुुलसमा करिव ३ सय यूवा, विद्यार्थीको सहभागिता रहेको बताईएको छ । कोणसभालाई अनेरास्ववियु उपमहासचिव भाष्कर खनाल, यूवा संघ नेपालका कोषाध्यक्ष मुकेश बुढाथोकी लगायतका विद्यार्थी नेताहरुले संवोधन गरेका थिए ।

अनेरास्ववियुले यसअघि विराटनगरमा सडक बहस, सडक पत्रकार सम्मेलन, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाउने लगायतका कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्