कानेपोखरीमा धमाधम सुरक्षित नागरिक कार्यक्रम अन्तर्गत आवासहरु बन्दैं 


कानेपोखरी, चैत्र २६ । मोरङको कानेपोखरी ४ क्याम्पाघाटमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत धमाधम आवास निर्माण कार्य सुरु भएको छ । कानेपोखरी गाउँपालिका, ह्याविट्याट फर ह्युमानिटि नेपाल र साहारा नेपाल बिचको त्रिपक्षिय साझेदारीमा निर्माण कार्य सुरु भएको हो ।

पालिका अध्यक्ष राजमती इङ्गनाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, वडा अध्यक्षहरु लगायतको टोली र १२ जना अन्तर्राष्ट्रिय सहयोगी दाताहरुको उपस्थितिमा श्रमदान गर्दै निमार्ण कार्य सुरु भएको छ ।

क्याम्पाघाटमा बसोवास गरिरहेका १५ दलित र आदिवासी परिवारका लागि १५ वटा आवास निर्माण भइहेको पालिका अध्यक्ष राजमती इङ्गनामले बताइन । “एउटा गरिबलाई उसको घर अगाडी बाटो पिच भएर हुन्न उसको पहिलो आवश्यकता सुरक्षित घरमा बस्न पाउनु पनि हो । त्यसलाई नै अहिले हामी फोकस गरी रहेका छौ ।एक्लैले मात्र यो कार्य  सम्भव पनि थिएन । त्यसैले त्रिपक्षिय सहकार्यमा यो काममा लाग्यौं । आगामि दिनमा पनि सहकार्यको आसा रहेको छ, उनले भनिन् ।”

 

यस्तै, पालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी सुरुवाती चरणमा नै यस ठाउँमा बनाउन खोजे पनि प्राविधिक कारणले ढिला भएको बताए । उनले यो ठाउँमा पहिला ओडने ओछाउने समेत नभएको गरिब वस्ती रहेको सुनाए । उनले अन्तर्राष्ट्रय दाताहरूको भुमिकामा आउनुभएका विदेशी श्रमदाता पाहुनालाई श्रमदानको बारे जनचेतना समेत फैलाउनुभएकोमा खुसि व्यक्त गरे । श्रमदाता पाहुना सो स्थानमा ५ दिन सम्म रहि आवास निर्माणमा श्रमदान गर्नेछन र यहाँका अनुभवबाट थप सहयोग जुटाउन उहाँहरूका भुमिका रहने कुरामा अशावादी रहेको बताए ।

४ कोठा, १ शौचालय, १ भान्सा घर सहितको १५ घर बन्न लागेको हो । कानेपोखरी गाउपालिकाको १ करोड , साहारा नेपाल माफर्र्त  ह्याबिटेट फर ह्युमानिटी नेपालको ४० लाख गरी कुल १ करोड ४० लाख  रुपैया लागतमा १५ वटा समेत जम्मा २८ वटा घर हाल निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्