“म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको “


–दिलीप पोखरेल (झिल्के)

मैले चाहेको हैन आमा तिम्रो गर्भमा बस्न
तर बुबाले आफ्नो आवेग रोक्न सकेनन् ।
न त तिमीले नै कुनै चक्कि खाएर खेर फाल्न सक्यौ ।

धिक्कार छ मलाई …
म त्यहि भ्रष्ट्र र अस्तव्यस्त देशमा जन्म लिन पुग्दैछु ।
हो मलाई धिक्कार छ।

म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको,
देशमा भ्रष्टहरु मौलाईरहेको,देशमा योग्य युवाहरु बौलाईरहेको
मै भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको,
महामारि नियन्त्रणको नाममा लाखौँ रकम भ्रष्टहरुले खाएको
म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको ।

के गर्नु जन्म लिएर ?
सिटामोल समेत नपाई तातो पानी मात्र पिएर?
म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको ,
कसरी जिउनु नेताहरुले फटाएको देशको हालत सिएर?
म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको,
गाउँ गाउँमा उपचार नपाएर धामीझाक्रीले गित गाएको
म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको ।

मलाई थाहा छ आमा, तिम्रो घर छ‌ैन
त्यसैले त्यहाँ कोहि विश्ववासीलो भर छैन
म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको,
त्यहाँ कसैको विश्वासीलो घर छैन
तर मेरो मात्र विश्वासीलो घर छ ।
त्यो तिम्रो पाठेघर हो आमा !

म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको ,
मेरो लागी सडक किनारमा फालेका ऊनहरु बुन्दै आएको ।
म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको ,
वर्गीय क्रान्तीका नाममा आन्दोलन चर्काएर मेरो बुबाले तातो गोली खाएको !
म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको ।

म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको,
सुकुम्वासीलाई घरजग्गा दिलाउने भन्दै दलहरुले गित गाएको
घर पाउने आशामा तिमीले पनि मतदाता नामावलीमा आफ्नो नाम पाएको ।
म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको ,
नयाँ कपडाको नाममा तिमीले पनि कात्रो पाएको
म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको ।

म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको,
पोषणयुक्त खाना नपाएर तिमीले डङ्गुरमा फालेका जुठोपुरो खाएको ।
म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको ,
पहिलो सन्तानको रुपमा तिमीले कुपोषणयुक्त बच्चा पाएको।
म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको ,
वर्खा याममा बास माग्दै भैसीँ गोठमा खरले छाएको
म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको ।

के पाउछौँ आमा मलाई जन्म दिएर?
कसरी बाच्छौँ आमा सुत्केरी हुने बेलामा पानी मात्र पिएर?
म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको,
सन्तान सुख पाउने आशामा आमाहरुले मृत्यु उपहार पाएक‍ो।
म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको ,
नेपाल देशले गरिव निमुखाहरुको रगत मात्र खाएको ।
म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको,
एक राजा ढाली सयौँ रजोटाहरुले रजाँइ गरि अस्तव्यस्त बनाउन पाएको
म भ्रुण अवस्था भएदेखि नै सुन्दै आएको ।

प्रतिक्रिया दिनुहोस्