राष्ट्रिय सभामा गुरु बरालको सशक्त दाबेदारी, बराल नै किन ?


उर्लाबारी, ९ माघ ।  आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्वर १ बाट नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्य गुरुप्रसाद वराललाई खुला तर्फको उम्मेद्वार बनाएको छ । विगतमा नेकपा एमालकै तीन जना सदस्य रहेको राष्ट्रियसभाको रिक्त खुल्लातर्फ गुरुप्रसाद बराल, अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा र महिलातर्फ सुमित्रा भण्डारी नेकपा एमालेका उमेद्धवारहरु छन् ।

को हुन गुरुप्रसाद बराल ?
त्याग, इमान्दारिता, लगनशीलता र निष्ठाको एउटा अर्को नामका रुपमा गुरुप्रसाद बराललाई लिने गरिन्छ । नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा करिव ५० वर्षदेखि उहाँ अनवरत रुपमा सक्रिय हुनुहुन्छ । उहाँ अहिले नेकपा एमालेको स्थायी कमिटी सदस्य हुनुहुन्छ । नेता बराल विकास राजनीतिमा विशेष दख्खल राख्नुहुन्छ । विकास राजनीतिको कार्यमूलक नीति अनुसन्धानमा निरन्तर क्रियाशील रहनुभएको छ । उहाँकै नेतृत्वमा मदन भण्डारी स्मृति प्रतिष्ठान सञ्चालित छ । प्रतिष्ठान ब्यवसायिक दक्ष ब्यक्तिहरु उत्पादन गर्ने अब्बल थलोका रुपमा परिचित छ । प्रतिष्ठानले निम्न, मध्यम र उच्च स्तरको प्राविधिक जनशक्ति उत्पादन गरिरहेको छ । पैसाका अभावमा कोही विपन्न वर्गका जेहेन्दार विद्यार्थीहरु वञ्चित हुनु नपरोस् भनेर प्रतिष्ठानले आउ, पढ, कमाउ, तिर भन्ने शैक्षिक उपहार कार्यक्रम सञ्चालन गरेको छ । नेता बरालकै अवधारणामा सञ्चालित यो कार्यक्रमबाट सयौं विपन्न वर्गका विद्यार्थीले प्राविधिक शिक्षा हासिल गरि ब्यवसायिक वनेका छन् । यो कार्यक्रममा विपन्न वर्गका विद्यार्थीलाई प्रतिष्ठानले उपहार प्रदान गर्छ, पढिसकेपछि रोजगार बनाउछ, त्यसपछि उपहार अन्य विपन्न वर्गका विद्यार्थीलाई प्रदान गर्नुपर्छ । त्यो पैसाले अन्य विपन्न वर्गका विद्यार्थीले त्यसैगरि अध्ययन गर्छन् ।

उहाँ राजनीति मार्फत जनताको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक रुपान्तरणको पक्षपाति हुनुहुन्छ । जनसंख्यालाई जनशक्तिमा रुपान्तरण नगरि गरीवि निवारण गर्न नसकिने भनाईका कट्टर पक्षपाति बराल शैक्षिक सुधार अभियानमा अभियन्ता हुनुहुन्छ । शिक्षा प्रणाली सुधारको अभ्यासलाई देशका विभिन्न भागमा सफल कार्यावन्यन समेत गराइसक्नुभएको छ । शिक्षा क्षेत्रलाई प्राविधिक धारतर्फ अघि वढाउन उहाँको नेतृत्वमा दर्जनौ सामुदायिक विद्यालयहरुमा सफल अभ्यास भएका छन् । आफ्ना ब्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर देश र जनताको हीतमा अहोरात्र लागिरहनुहुने नेता बराललाई राष्ट्रियसभा सदस्य वनाएर उहाँका भिजनलाई नीतिगत तहमा पु¥याउन जरुरी रहेकोमा एमालेमा मात्र होइन अन्य पार्टीमा समेत चर्चा हुने गरेको पाइन्छ ।

राष्ट्रियसभामा गुरु बराल नै किन ?
राष्ट्रियसभा नेपालको संघीय संसदको माथिल्लो सदन हो । राष्ट्रियसभा संघीय ब्यवस्थाको गहना हो । राष्ट्रियसभा विधि निर्माणका लागि नीतिगत छलफल गर्ने माथिल्लो सभा हो । विधेयकमा सघन छलफलको आवश्यकता हुन्छ । राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएका ब्यक्तिहरुको राष्ट्रियसभामा उपस्थितिको परिकल्पना गरिएको हो । राष्ट्रियसभाको ओज गरिमा र भावनालाई धान्नका लागि गुणात्मक ब्यक्तिको उपस्थिति आवश्यक हुन्छ । त्यहि आवश्यकतालाई पूरा गर्न आफ्नो उपस्थिति सार्थक रहने गुरु बरालको दावी छ । नेपालको संविधानले प्रदत्त राजनीतिक सामाजिक आर्थिक अधिकारलाई पूर्ण कार्यान्वयन गर्ने विधि ब्यवस्था र कानुन तयार गर्न आफ्नो उमेद्धवारी रहेको वरालको भनाई छ ।

अहिले देशमा सवैभन्दा आवश्यक कुरा भनेको सुशासन हो । सुशासन ग्यारेन्टि गनुुर््पर्ने ज्वलन्त आवश्यकता छ । सुशासनका लागि भएका संसारका अशल अभ्यास र नेपालका सिकाइलाई जोडेर असल कानुन बनाउने र प्रचलनमा ल्याउनका लागि गुणात्मक ब्यक्तित्वको खाँचो छ । सो खाँचोलाई पूरा गर्न गुरु बरालको राष्ट्रियसभामा आवश्यकता देखिन्छ । गरीवि विरुद्धको लडाई पूरा नगरि समाजवादको पूर्वाधार स्थापना हुन सक्दैन । गरीविको रेखा मुनि रहेका जनतालाई त्यहाँबाट उकास्न जनसंख्यालाई जनशक्तिमा रुपान्तरण गर्नुपर्ने आवश्यकतालाई ब्यवहारमा उतार्न विगत लामो समयदेखि सकृय अभियन्ता बरालको राष्ट्रियसभामा उपस्थितिले गहिरो अर्थ राख्छ ।

राष्ट्रियसभामा पार्टी र पार्टीभन्दा पनि माथि उठेर देश र जनताको पक्षमा उन्नत ढंगले काम गर्न सक्ने ब्यक्तिको आवश्यकता हुन्छ । त्यो आवश्यकतालाई बरालले पूरा गर्न सक्नुहुने भएकाले उहाँलाई देशका लागि आवश्यक साझा उमेद्धवारका रुपमा हेर्न सकिन्छ । सबै पार्टीका विचार, नीति र सिद्धान्तलाई मनन र विश्लेषण गर्दै साझा र सकारात्मक कुरालाई लिएर हिड्न सक्ने उहाँको खुवी राष्ट्रियसभाका लागि आवश्यक पर्ने विश्लेषकहरुको राय छ ।

प्रतिक्रिया दिनुहोस्