खेलकुद बोर्डका सदस्य सचिव बस्नेतद्वारा पाँचथर जिल्लाका खेलकुद संरचनाको अनुगमन
विराटनगर – कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले ( पर्शुराम ) पाँचथर जिल्ला स्थित रंगशालामा निर्मित प्याराफिट लगायत संरचनाको अनुगमन गर्नु भएको छ । आज बस्नेतले प्याराफिट , रंगशाला बाहिर निर्माणाधीन सटरहरू लगायत जिल्ला खेलकुद विकास समितिको भवन निर्माण स्थलको अनुगमन तथा निरीक्षण गर्नु भएको हो ।
खेलकुद विकास बोर्डका कार्यलय प्रमुख कालिदास भट्टराईले बोर्डले सदस्य सचिव बस्नेत नेतृत्वको टोली कोशी प्रदेशको पहाडी जिल्ला ताप्लेजुङमा बोर्ड मातहातका कार्यलय र संरचनाको अनुगमन तथा निरीक्षण सकेर पाँचथर आएर अनुगमन तथा निरीक्षण गरेको जानकारी दिनु भयो ।
भट्टराईका अनुसार बस्नेतले पाँचथरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तान लगायत विभिन्न खेलका पदाधिकारीसँग जिल्लाका खेलकुद गतिविधि र सम्भावना लगायत दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी लगायतको बिषयमा छलफल समेत गर्नु भएको थियो ।