फुटबल प्रतियोगिता : मातृभूमी र दम्का बुधे सेमिफाइनलमा प्रवेश
कानेपोखरी, कार्तिक ९ । दोश्रो नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलबाट मातृभूमी समाजसेवा युवा क्लब र दम्का बुधे फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगितामा नव प्रगति फुटबल क्लब जहदालाई टाइब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै मातृभूमी समाजसेवा युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको अवधिमा दुवै टिमबाट २-२ गोल भएको थियो । खेलको ३ औं मिनेटमा नव प्रगतिका लागि प्रशान्त प्रधानले पहिलो गोल गर्दै अग्रता लिएका थिए । त्यसको करिब ३ मिनेट बित्दै गर्दा मातृभूमिका राज कटुवालले आफ्नो टिमका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो । दोश्रो हाफको ३ औं मिनेटमा नव प्रतिभाका प्रशान्त प्रधानले दोश्रो गोल गर्दै खेललाई २-१ मा पुर्याउँदा ७ औं मिनेटमा मातृभूमीका दिपेश भुजेलले दोश्रो गोल गर्दा खेल २-२ को बरावरीमा सकियो । यस खेलबाट म्यान अफ दि म्याच मातृभूमीका आलोक लिम्बू घोषित भए ।
दोश्रो खेलबाट दमक डाकिनी वारियर्सलाई २ – १ गोल अन्तरले हराउँदै दम्का बुधे फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । दम्का बुधेका लागि ९ औं र १८ औं मिनेटमा निशान राई र करण थापाले गोल गरेका थिए भने दमकका लागि एकमात्र गोल ७ औं मिनेटमा रोशन तामाङले गरेका थिए ।
मोरङ, कानेपोखरी गाउँपालिका ५ क्याम्पसडाँडामा स्थित रमाइलो बहुमुखी क्याम्पसको खेलमैदानमा यस खेल सञ्चालन भइरहेको छ ।
प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार र दोश्रो हुनेले ३० हजार रुपैयाँँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समुहका अध्यक्ष खिलराज भट्टराईले बताए ।
प्रतियोगितामा केचना एफसी, नव प्रतिभा एफसी, दम्का बुधे एफसी, आयोजक, उज्ज्वल भविष्य बाल क्लब, मातृभूमि समाज सेवा, केचना एफसी, दमक एफसी, हिमाल युनाइटेड एफसी, योङ बोइज एफसी, हरकपुर स्पोर्ट्स क्लब लगायत गरि १६ टिम सहभागी भएका छन ।
खेल अवधीभरिबाट समापनको दिन वेष्ट गोलरक्षक, हाई स्कोरर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, अनुशासित खेलाडी, म्यान अफ दि टुनामेन्ट जस्ता विद्यागत पुरस्कार र ट्रफीले पुरस्कृत गरिने आयोजक समितिका अध्यक्ष भट्टराईले सुनाए । हरेक दिन दुई खेल दिनको ठिक २ बजेबाट सुरु हुनेछ । भोलि शनिवार सेमिफाइनलका खेलहरु हिमाल युनाइटेड र २५ बिगेको बीच पहिलो र केराबारी एफसी र एमटिसी एफसी विराटनगरका बिच दोश्रो हुनेछ ।