फुटबल प्रतियोगिता : २५ बिगे र केराबारी क्वाटरफाइनलमा प्रवेश


कानेपोखरी, कार्तिक ८ । दोश्रो नकआउट फुटबल प्रतियोगिताको  पहिलो चरणको अन्तिम खेलबाट नव स्पोर्टिङ फुटबल क्लब २५ बिगे र केराबारी फुटबल क्लबले जित हात पारेको छ ।

कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा जहदा फुटबल क्लवलाई ५-०  गोल अन्तरले हराउँदै नव स्पोर्टिङ फुटबल क्लब २५ बिगेले पहिलो जित हात पारेको हो ।

खेलको दोश्रो मिनेटमा २५ बिगेको लागि अरुण राईले पहिलो गोल गर्दै अग्रता सुरुवात गरेका थिए । त्यसको ५ मिनेट नबित्दै ७ औं मिनेटमा रोयल मुर्मुले दोश्रो गोल गरि खेललाई २-० को अग्रता पुर्‍याउँदा तेस्रो गोल पुन १३ औं मिनेटमा अरुण राइले गरे । दोश्रो हाफको २४ औं र २६ औं मिनेटमा उमंग लिम्बूले क्रमश दुई गोल गर्दै खेलको अग्रता ५-० बनाएर २५ बिगेले खेल जित्यो ।

दोश्रो खेलमा ३-२ गोल अन्तरले सिद्धार्थ फुटबल क्लब इटहरीलाई हराउँदै केराबारी फुटबल क्लबले खेल जितेको छ । केराबारीका लागि पहिलो मिनेटमै अनिल परियार पहिलो गोल गर्दै खेलको अग्रता सुरुवात गरे । त्यसको ३ मिनेट बित्न नपाउदै इटहरीका आरुष चौधरीले खेललाई बराबरीमा ल्याए । खेलको १२ औं मिनेटमा पहिलो गोलकर्ता परियार दोश्रो गोल गर्दा १५ औं मिनेटमा प्रवेश बस्नेतले तेस्रो गोल गर्दै खेललाई ३-१ मा पुर्‍याए । दोश्रो हाफको १ मिनेटमा सिद्धार्थका लागि अजिव क्षेत्रीले एक गोल फर्काए पनि खेल जित्नका लागि पर्याप्त हुन सकेन । यस खेलबाट म्यान अफ दि म्याच केराबारी फुटबल क्लबका अनिल परियार घोषित भए ।

मोरङ, कानेपोखरी गाउँपालिका ५ क्याम्पसडाँडामा स्थित रमाइलो बहुमुखी क्याम्पसको खेलमैदानमा यस खेल सञ्चालन भइरहेको छ ।

प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार र दोश्रो हुनेले ३० हजार रुपैयाँँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समुहका अध्यक्ष खिलराज भट्टराईले बताए ।

प्रतियोगितामा केचना एफसी, नव प्रतिभा एफसी, दम्का बुधे एफसी, आयोजक, उज्ज्वल भविष्य बाल क्लब, मातृभूमि समाज सेवा, केचना एफसी, दमक एफसी, हिमाल युनाइटेड एफसी, योङ बोइज एफसी, हरकपुर स्पोर्ट्स क्लब लगायत गरि १६ टिम सहभागी भएका छन ।

खेल अवधीभरिबाट समापनको दिन वेष्ट गोलरक्षक, हाई स्कोरर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, अनुशासित खेलाडी, म्यान अफ दि टुनामेन्ट जस्ता विद्यागत पुरस्कार र ट्रफीले पुरस्कृत गरिने आयोजक समितिका अध्यक्ष भट्टराईले सुनाए । हरेक दिन दुई खेल दिनको ठिक २ बजेबाट सुरु हुनेछ । भोलि शुक्रवारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुनेछन ।

 

प्रतिक्रिया दिनुहोस्