फुटबल प्रतियोगिता : हिमाल युनाइटेड र एमटिसी एफस सेमिफाइनलमा प्रवेश


कानेपोखरी, कार्तिक १० । दोश्रो नकआउट फुटबल प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलबाट हिमाल युनाइटेड क्लब र एमटिसी एफसी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगितामा नव स्पोर्टिङ क्लब २५ बिगेलाई ३ – ० गोल अन्तरले पछि पार्दै हिमाल युनाइटेड, बिहिवारेले जित हात पारेको हो ।

खेलको ७ औं मिनेटमा अस्मिन राईले गोल गर्दै अग्रता दिलाए । त्यसको ५ मिनेट बित्दा १२ औं मिनेटमा पुनः उदिप लिम्बूले दोश्रो गोल गर्दा खेलको अन्तिम समय ३३ औं मिनेटमा अस्मिन राई तेस्रो गोल गर्दा खेल ३ – ० मा सकियो । २५ बिगेले राम्रो अवसरहरु प्राप्त गरेपनि गोलले जाली भने चुमाउन सकेन । यस खेलबाट म्यान अफ दि म्याच हिमाल युनाइटेडका अस्मिन राई घोषित भए ।

दोश्रो खेलबाट केराबारी फुटबल क्लबलाई १ – ० गोल अन्तरले हराउँदै एमटिसी एफसी, विराटनगरले हराएको छ । खेलको ३७ औं मिनेट आशिष क्षेत्रीले आफ्नो टिमका लागि पहिलो गोल गरेका थिए । उनले गरेको सो गोलनै निर्णायक बन्दैँ विराटनगरले खेल जित्दा केराबारीले कुनै गोल गर्न सकेन । यस खेलबाट एमटिसीका रोशन माझी म्यान अफ दि म्याच घोषित भए ।

मोरङ, कानेपोखरी गाउँपालिका ५ क्याम्पसडाँडामा स्थित रमाइलो बहुमुखी क्याम्पसको खेलमैदानमा यस खेल सञ्चालन भइरहेको छ । प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार र दोश्रो हुनेले ३० हजार रुपैयाँँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समुहका अध्यक्ष खिलराज भट्टराईले बताए ।

प्रतियोगितामा केचना एफसी, नव प्रतिभा एफसी, दम्का बुधे एफसी, आयोजक, उज्ज्वल भविष्य बाल क्लब, मातृभूमि समाज सेवा, केचना एफसी, दमक एफसी, हिमाल युनाइटेड एफसी, योङ बोइज एफसी, हरकपुर स्पोर्ट्स क्लब लगायत गरि १६ टिम सहभागी भएका छन ।

खेल अवधीभरिबाट समापनको दिन वेष्ट गोलरक्षक, हाई स्कोरर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, अनुशासित खेलाडी, म्यान अफ दि टुनामेन्ट जस्ता विद्यागत पुरस्कार र ट्रफीले पुरस्कृत गरिने आयोजक समितिका अध्यक्ष भट्टराईले सुनाए । हरेक दिन दुई खेल दिनको ठिक २ बजेबाट सुरु हुनेछ । भोलि देखि सेमिफाइनलका खेलहरु सुरु हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्