नारी सृजना कृषि सहकारीको साधारणसभा सम्पन्न


उर्लाबारी – उर्लाबारीस्थित नारी सृजना कृषि सहकारी संस्थाको २५औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । उर्लाबारी–७ स्थित नारी सृजना कृषि सहकारी संस्थाको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि रहेकी कोशी प्रदेशकी प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङवाले विपन्न वर्गको आर्थिक उन्नति गर्नु नै सहकारीको सफलता भएको बताइन्।

उनले विपन्न, पिछडिएका वर्ग, लिङ्ग र जातजातिका व्यक्तिहरुलाई सहकारीसँग जोड्न आवश्यक रहेको बताएकी छिन् । २५ औं वार्षिक साधारणसभामा सम्बोधन गर्दै सांसद पालुङ्वाले ‘एकका लागि सबै र सबैका लागि एक नै सहकारी हो’ उनले बताइन्, ‘व्यक्ति, समाज र सिंगो राष्ट्रको आर्थिक प्रगति र समुन्नति नै सहकारीको उद्देश्य हो ।’ सहकारीहरु बचत तथा ऋणको कारोबारमा मात्र सीमित नरही उत्पादनतर्फ लाग्नुपर्ने उनको भनाई थियो ।
उक्त सहकारीले साधारणसभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने शेयर सदस्यलाई सम्मान गरेको छ । संस्था स्थापनाकालदेखि सहयोग पुर्याउँदै आएका रामप्यारी तामाङ र रञ्जुकुमारी तामाङ, ज्येष्ठ शेयर सदस्य डिल्लीमाया पौडेल, सुशीला निरौला, भिमादेवी भट्टराईलाई सम्मान गरिएको व्यवस्थापक इन्दिरा खनालले जानकारी दिइन् ।

यस्तै, उत्कृष्ट बचतमा योगदान गर्ने रत्नलक्ष्मी राई, रिता खत्री र सोनी धिमाल, उत्कृष्ट ऋणमा योगदान गर्ने तिलामाया बानिया र तारा कालिकोटेलाई सम्मान गरिएको छ । साधारणसभामा अध्यक्ष पुष्पकुमारी राजभण्डारी, सचिव गीता अधिकारी, कोषाध्यक्ष दुर्गावती सुब्बा, लेखा समिति संयोजक पवित्रा दंगालले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सबै प्रतिवेदन सुझावसहित पारित भएको संस्थाकी सञ्चालक सदस्य रेनुका निरौलाले जानकारी दिइन् । सो अवसरमा उर्लाबारी–७ की वडाध्यक्ष उर्मिला थापा, सहकारी सञ्जाल उर्लाबारीकी अध्यक्ष सीता कार्की, संस्थाकी पूर्वअध्यक्ष मीना बराललगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्