आन्तरिक राजश्व कार्यालय विराटनगरद्धारा ८८.५ प्रतिशत राजश्व संकलन
विराटनगर – आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८०/०८१ मा ८८.५ प्रतिशतले राजश्व संकलन गरेका छन् । कार्यालयले ९ अर्ब ४३ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ८ अर्ब ३५ करोड रुपैयाँ राजश्व संकलन गर्न सफल भएका छन् । कार्यालयले २०७९/०८० को तुलनामा २०८०/०८१ मा ८.५ प्रतिशतले बढि राजश्व संकलन गरेका छन् ।
आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्यले २०७९/०८० मा ७ अर्ब ७१ करोड रुपैयाँ राजश्व संकलन भएकोमा २०८०/०८१ मा ६५ करोड रुपैयाँ बढि राजश्व संकलन भएको जानकारी दिनुभयो । जुन १०८ .३० प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको हो । कार्यालयले २०७९/८० मा अन्तशुल्क तर्फ २ अर्ब ४ करोड रुपैयाँ राजश्व राजश्व संकलन गरेकोमा २०८०/०८१ मा २ अर्ब ७२ करोड रुपैयाँ राजश्व संकलन गरेका छन् । जुन ३३ प्रतिशतले बढि राजश्व संकलन भएको हो । कार्यालयले ब्याज कर तर्फ १५ करोड रुपैयाँ बढि राजश्व संकलन गरेका छन् । कार्यालयले २०७९/०८० मा ब्याज कर तर्फ ७ करोड ७० लाख रुपैयाँ राजश्व संकलन गरेकोमा २०८०/०८१ मा २२ करोड ४६ लाख रुपैयाँ राजश्व संकलन गरेर राजश्व संकलनमा नयाँ रेकर्ड कायम गरेका छन् ।
कार्यालयले आयकर तर्फ २०७९/०८० मा २ अर्ब ९८ करोड रुपैयाँ राजश्व संकलन गरेकोमा २०८०/०८१ मा २ अर्ब ८९ करोड रुपैयाँ राजश्व संकलन गरेका छन् । जुन ३ प्रतिशतले कम राजश्व संकलन भएको हो । कार्यालयले २०७९/०८० मा मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ २ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन गरेकोमा २०८०/०८१ मा २ अर्ब ४३ करोड रुपैयाँ राजश्व संकलन गरेका छन् । जुन ३.५ प्रतिशत कम राजश्व संकलन भएको हो ।
नेपाल सरकारको अर्थमन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले २०७९/०८० को तुलनामा २०८०/०८१ मा देशभरीबाट ८ प्रतिशतले बढि राजश्व संकलन गरेका छन् । तर आन्तरिक राजश्व कार्यालय विराटनगरले आन्तरिक राजश्व विभागको समग्र राजश्व संकलन प्रतिशतलाई चुनौती दिदै ८.५ प्रतिशतले बढि राजश्व राजश्व संकलन गर्दै राजश्व संकलनमा नयाँ रेकर्ड पनि कायम गरेको छ ।
आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्यको नेतृत्वमा रहेको कर अधिकृत टोलीको कडा मेहनत, लगनशीलताका कारण राजश्व संकलन सम्भव भएको हो ।