पथरीशनिश्चरेमा संघीयता सहजिकरण कार्यक्रम


पथरी शनिश्चरे, २० फागुन – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन गर्दा नीतिगत अप्ठेरोका बारेमा छलफलका लागि आज मोरङको पथरी शनिश्चरेमा संघीयता सहजिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

मन्त्रालयको संघीय मामिला शाखामार्फत सञ्चालित कार्यक्रममा, मन्त्रालयका उपसचिव तुलसीराम अर्याल, शाखा अधिकृत केशवराज पार्छे सहितले नगरका नीतिगत अप्ठेरो परेको विषयमा जनप्रतिनिधि र शाखाका कर्मचारीसँग जानकारी लिनुभयो ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, उपसचिव शालिग्राम काफ्ले सहितले नीतिगत अप्ठ्यारा विषयमा अन्तरक्रिया गर्नुभयो । नगरका कतिपय दरवन्दीको परिपूर्ति नभएको तथा विषयत अप्ठेरा अवस्थाका विषयमा समेत मन्त्रालयको ध्यानाकर्षण गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्