माओवादी केन्द्रको प्रदेश र जिल्ला समितिमा पथरी शनिश्चरेबाट तीन दर्जनको नेतृत्व


पथरी, २० फागुन । नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी बैठकले जिल्लाका सह–ईञ्चार्जहरु, संयोजक एवं विभिन्न विभागीय प्रमुख र खाली रहेका पदहरुमा पदपूर्ति गरेको छ । विहीबार बसेको प्रदेश कमिटीको पूर्ण बैठकले उक्त निर्णय गरेको प्रदेश सचिव गणेश उप्रेती शुशिलले जानकारी दिए ।

जसमा मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन भएका छन् । पार्टीको प्रदेश कमिटिले प्रदेशसभाका सदस्यसमेत रहेका विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो । यसैगरी, पथरी शनिश्चरे भुगोलबाट जेष्ठ कम्युनिष्ट मञ्च प्रदेश कमिटी सदस्यमा जहरमान लिम्बू, शिवप्रसाद तिम्सिना, दौलत राम भण्डारी, राज बहादुर बलम्पाकी मगर, बिष्णु हमाल ठकुरी चयन भएका छन् । पथरीशनिश्चरे नगर कै प्रदेश सल्लाहकार सदस्यमा रिता गिरी, मान बहादुर पौडेली वि.क., बाल कुमार ठाडामगर चयन भएका छन् ।

सङगठन बिभाग प्रदेश सदस्यमा भक्त धिमाल, पुर्व जनमुक्ति शाखा पार्टी इन्चार्ज जित बहादुर रसाइली मकालु, स्कुल बिभाग प्रदेश सदस्यमा ओम श्रमीक, युवा तथा खेलकुद प्रदेश सदस्यमा उत्तम राई र महेश कार्की, स्थानिय तह प्रदेश सदस्य गोबिन्दबहादुर भण्डारी चयन भएका छन् । यसैगरी, शिक्षा तथा मानव श्रोत प्रदेश सदस्य टीका दाहाल र रबिन कन्दङ्वा, अर्थ तथा योजना बिभाग र वन तथा वातावरण प्रदेश सदस्यमा रोहित बास्तोला, कृषि तथा भुमिसुधार प्रदेश सदस्यमा केशब दाहाल, उधोग तथा वाणिज्य प्रदेश सदस्यमा खेम ढुङेल चयन भएका छन् । नीति तथा अनुसन्धान प्रदेश सदस्यमा बेदनिधी खनाल, महिला बिभाग सदस्यमा बिमला भण्डारी चयन भएका छन् ।
मोरङ जिल्ला समन्वय समिती सदस्यमा गंगा सांवा, बिजय चेम्जोङ चयन भएका हुन् ।

प्रदेश परिसद सदस्यमा यसोदा खतिवडा, नेत्र पोख्रेल, राधिका गौतम र नर ब राई चयन भएको माओवादी केन्द्र प्रदेश कमिटी सदस्य दिनानाथ तिम्सिनाले जानकारी दिएका छन् । पार्टीको प्रदेश अधिवेशनबाट यसअघि पथरीशनिश्चरे नगरबाट दिनानाथ तिम्सिना, लालबहादुर सुस्लिङ मगर र रञ्जु कटुवाल चयन भइसकेका छन् ।
समन्वय समितिमा प्रदेश कमिटिले संयोजक तोक्ने व्यवस्था छ भने सचिबको निर्णय समन्वय समितिको बैठकले गर्ने पार्टीको प्रदेश कमिटिका सचिव गणेश उप्रेतीले जानकारी दिए ।

प्रदेश कमिटिले मोरङको सह–इन्चार्जहरुमा खेम भट्टराई, लालबहादुर सुस्लिङ, हेम कार्की, प्रेम मिभव लिम्बू र शुशिला घिमिरेलाई जिम्मेवारी दिएको छ । भट्टराईले संयोजकको दावी गर्दै आएकोमा सहइन्चार्जको जिम्मेवारी दिएको हो । जिल्ला इन्चार्ज भने केन्द्रीय सदस्यमध्येबाट केन्द्रीय समितिले तोक्नेछ ।

प्रदेश कमिटिले सुनसरीको संयोजकमा पप्पु मण्डल र झापाको संयोजकमा राजु आचार्यलाई जिम्मेवारी दिएको छ । यस्तै मोहन टुडु झापा सचिब बनेका छन् । झापाको सहइन्चार्जहरुमा सीपी कडरिया, बोधराज दाहाल, ज्योतिसिंह दर्लामी, पुरुषोत्तम चुडाल, पूर्णसिंह राजवंशी र रोशन कन्दङ्वा रहेका छन् ।

प्रदेश कमिटिले प्रदेशको गौरभौगोलिक पार्टी कमिटिको संयोजकको जिम्मेवारी भानु मैनालीलाई दिएको छ । सो कमिटिको सहइन्चार्जहरुमा भुपाल सापकोटा, गरिमा भट्टराई, ओपेन्द्र राय र शिखर कडरिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्