उर्लाबारी मेयर कप फुटवल : ८ लाई हराउँदै वडा नम्बर ७ सेमिफाईनलमा


उर्लाबारी , १९ फागुन । उर्लाबारीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज वडा नम्बर ७ टाईब्रेकरमा विजयी हुँदै सेमिफाईनलमा प्रबेश गरेको छ । उर्लाबारी–६ स्थित राधिका माविको खेल मैदानमा भएको खेलमा वडा नम्बर ८ लाई टाईब्रेकरमा ३ – १ गोलले हराउँदै वडा नम्बर ७ सेमिफाईनलमा प्रबेश गरेको हो ।

निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा गएको थियो । प्रतियोगितामा भोलीदेखी सेमिफाईनलका खेल सुरु हुने भएको छ । भोलीको पहिलो सेमिफाईनलमा वडा नम्बर ५ र ६ बीच प्रतिष्पर्धा हुने आयोजक समितिका सचिव भिष्म बुढाथोकीले जानकारी दिनुभयो ।

फागुन २३ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्