क्रिकेट खेलाडीलाई खेल सामग्री


उर्लाबारी । उर्लाबारी नगरपालिकाले स्थानीय क्रिकेट खेलाडीलाई खेल सामग्री उपलब्ध गराएको छ । नगर प्रमुख गंगाप्रसाद खरेलले उर्लाबारी क्रिकेट क्लबका पदाधिकारीलाई खेल सामग्री हस्तान्तरण गर्नुभयो ।
क्रिकेटको माध्यमले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराएको स्मरण गर्दै नगर प्रमुख खरेलले क्षमतावान खेलाडीलाई प्रशस्त अभ्यास गर्ने र खेल्ने अवसर दिन आफुहरु प्रयत्नशील रहेको बताउनुभयो । क्रिकेट अभ्यासका लागि खेल सामग्री अभाव रहेको गुनासो आएपछि खेलाडीलाई प्रोत्साहन गर्ने हेतुले सामग्री वितरण गरिएको नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख अशोक घिमिरेले जनाउनुभयो ।
खेलाडीहरुलाई ब्याट, ब्याटिङ ग्लोभ्स, थाई प्याड, लेग प्याड, किट ब्याग, हेल्मेट, बल, नेटलगायत दुई लाख मुल्य बराबरको सामग्री उपलब्ध गराइएको नगर जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिनाले जानकारी दिनुभयो । यसअघि गत वर्षपनि क्रिकेट खेलाडीको उन्नयनमा सहयोग पुग्ने गरी खेल सामग्री वितरण गरिएको उहाँको भनाई छ । खेल सामग्री वितरणसंगै आफूहरुलाई खेलमा हौसला मिलेको भन्दै उर्लाबारी क्रिकेट क्लबका अध्यक्ष राजकुमार सहनी र सचिव अभिषेक साहले नगरपालिकाप्रति आभार व्यक्त गर्नुयो ।

प्रतिक्रिया दिनुहोस्