त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश


पथरीशनिश्चरे , १८ फागुन ।मोरङको सुनवर्षी २ अमरदहमा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण ढल्के जोवन गोल्डकपमा त्रिभुवन आर्मी क्लब अघिल्लो चरणमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा त्रिभुवन आर्मी  क्लव ४–१ गोल अन्तरले विजयी भएको हो ।  त्रिभुवन आर्मी काठमाडौँ सेमीफाइनलमा प्रवेश गरेको हो ।
खेल सुरु भएको  पहिलो हाफको ३  मिनेटमै आफ्नो टिमलाई अग्रता दिलाएका  त्रिभुवन आर्मीका जर्सी नं २३ का टेक बहादुर बुढाथोकीले पुनः १० मिनेटमा अर्को गोल गरेका थिए भने पहिलो हाफकै ११ मिनेटमा आर्मी क्लबका जर्सी नं ४ को चुन बहादुर थापाले पुनः अर्को गोल थपेपछि प्रतियोगिताको पुर्वाद्धमा  त्रिभुवन आर्मी क्लबले ३ गोल  गरिसकेको थियो । पहिलो हाफकै २४ मिनेटमा विराट- मेघा स्पोर्टस क्लब मोरङ्गका जर्सी नं ७ का भक्त बहादुर भण्डारीले गोल गर्दै  गोल – अन्तरलाई कम गरेका थिए ।
खेलको दोस्रो हाफमा पुनः अर्को गोल गर्दै त्रिभुवन आर्मी क्लब काठमाडौँका जर्सी नं १० का राजीव गुरुङले आफ्नो टिमलाई ४-१ को फराकिलो जित दिलाउन सफल भएका थिए ।
आजको खेलको मेन अफ द म्याच विजेता टिमका टिम क्याप्टेन चुन बहादुर थापा  घोषित भएका थिए । गुरुङले नगद ५ हजार रुपैयाँ साथमा ट्रफी प्राप्त गरेका छन् ।
भोलि विहीवारको खेल बुद्ध भूमि भेट्रान्स रूपन्देही  र  भारतको सिक्किम भेट्रान फुटबल क्लबविच हुनेछ ।
भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले ५ लाख ११ हजार नगदसहित शिल्ड, पदक तथा प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले २ लाख ५१ हजार नगदसहित  मेडल , ट्रफी सहितले पुरस्कृत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्