उपप्रमुख भण्डारीद्धारा प्राविधिकसहित योजना अनुगमन


उर्लाबारी, १८ फागुन । उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले निर्माण सम्पन्न भएका विभिन्न वडाको योजनाहरुको अनुगमन गर्नुभएको छ। बुधबार वडा नम्बर २, ३, ८ र ९ को विभिन्न योजनाहरूको वडा प्राविधिकसहित अनुगमन गर्नुभएको हो।

उर्लाबारी २स्थित अमिल डांगी तेलि खोलामा नगरको ३ लाख ७७ हजार ३ सय ७२रूपैयाँ र उपभोक्ताबाट ४७ हजार १सय ७१ रूपैयाँ बजेटमा तटबन्धन गर्ने कार्य, वडा नम्बर २कै ४ लाख २७हजार रूपैयाँ बजेटबाट पुरानो मंगलबारे पश्चिम तेलिखोला तटबन्धन र केर्खाली चोक उत्तरबाटो ३ लाख ११हजार बजेटबाट गरिएको ३सय ३० मिटर लुज ग्राभेल सडकको अनुगमन गर्नु भएको छ ।

वडा नम्बर ३ मा नगरको ६ लाख उपभोक्ताबाट १ लाख ५ हजार ८ सय ८२ रूपैयाँ र उपभोक्ताबाट श्रमदान २ हजार ३ सय ३४रूपैयाँ बराबरको निर्माण सम्पन्न भएको बिपि पेबल मार्ग निर्माण कार्य, वडा नम्बर ३बाट विनियोजित ४ लाख ५० हजार र उपभोक्ताबाट ७९ हजार ४ सय ११ रूपैयाँ बजेटबाट निर्माण सम्पन्न भएको जनजागृती मार्ग अधुरो ड्रेन निर्माण कार्यको अनुगमन गर्नुभएको छ ।

त्यस्तै वडा नम्बर ९ स्थित लामा टोल पश्चिम शिशु बोर्डिङ स्कुल सडक ग्राभेल सडकको नगरपालिकाको ३ लाख जनसहभागिताबाट ३४हजार १सय ५६ रूपैयाँमा निर्माण सम्पन्न ३ सय मिटर ग्राभेल सडक र नवदुर्गा मन्दिर नेगिटोलमा गरिएको घेराबाराको अनुगमन गर्नु भएको छ ।
आजै उर्लाबारी वडा नम्बर ८मा ६ लाख रूपैयाँ बजेटबाट अोभल बोडिङ स्कुल पश्चिम जोड्ने सडक अनुगमनका क्रममा सम्झौता अनुसार सम्पन्न नभएको देखिएकाले पुन सम्झौता अनुसारको काम गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्