उर्लाबारीबाट आज अपरान्ह ७ जना जुवाडे पक्राउ


उर्लाबारी, १८ फागुन । प्रहरीले आज अपरान्ह उर्लाबारीबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ । उर्लाबारी – ७ स्थित कृष्ण प्रधानको घरबाट तास खेल्दै गरेको अवस्थामा अपरान्ह ४ बजेतिर नगद रु २ लाख ४२ हजारसहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घरधनी प्रधानसहित, उर्लाबारी ५ का कमल शाक्य, उर्लाबारीका कृष्ण अधिकारी,रामधुनी झुम्काका लक्ष्मी बाँस्तोला उर्लाबारीकै गोविन्द केसी ,दमकका सूर्य प्रसाईं, उर्लाबारीका शिव लिम्बू रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर आवश्यक कारबाही अघि बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्