जिप्सन, बाख्रा/बंगुर तालिम सम्पन्न, दालमोट भूजिया तालिम सुरु


पथरी शनिश्चरे, १८ फागुन । मोरङको पथरी शनिश्चरे ४ का लागि ५ दिने बाख्रा÷बंगुर पालक सिप विकास तालिम, ९ का आदिवासी जनजातिका लागि ७ दिने जिप्सन फेव्रिकेटर तालिम सम्पन्न भएको छ भनें ८ का लागि ५ दिने दालमोट भूजिया तालिम सुरु भएको छ ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरको लघु उद्यम शाखाको आयोजनामा सञ्चालित बाख्रा÷बंगुर पालक सिप विकास सम्बन्धी ५ दिने तालिमको ४ नम्बर वडाध्यक्ष गोविन्दवहादुर भण्डारीले समापन गर्दै वडाबासीलाई उद्यमी बन्ने कुरामा लागि पर्न अनुरोध गर्नुभयो ।
सहभागिबाट गठित हरियाली समूहका अध्यक्ष भूपाल राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल सहितले तालिमको सहजिकरण गर्नुभएको छ । ४१ हजार ५ सय ५० रुपैयाँ बजेटमा सञ्चालित तालिममा २२ जनाको सहभागिता रहेको वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्कीले जनाउनु भयो ।
त्यस्तै, वडा नम्बर ९ को बजेटमा आदिवासी जनजातिका लागि जिप्सन फेव्रिकेटर सम्बन्धी १ हप्ते तालिमको पनि समापन भएको छ । जिप्सनमा ९ नम्बर वडाका १० जनाको सहभागिता रहेको थियो ।
८ नम्बर वडा सदस्य सृजना घिमिरेको अध्यक्षतामा ५ दिने दालमोट भूजिया तालिम सुरु भएको छ । १० जना सहभागि रहेको तालिममा ५४ हजार ६ सय बजेट विनियोजन गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत लघु उद्यमका विभिन्न कार्यक्रम सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्