उर्लाबारी मेयर कप फुटवल : आज वडा नम्बर ५ विजयी


उर्लाबारी, १६ फागुन । उर्लाबारीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज वडा नम्बर ५ विजयी भएको छ । उर्लाबारी–६ स्थित राधिका माविको खेल मैदानमा भएको खेलमा वडा नम्बर ९ लाई १ – ० ले हराउँदै वडा नम्बर ५ विजयी भएको हो ।

वडा नम्बर ५ को जितमा पासाङ तामाङले दोश्रो हाफमा गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । वडा नम्बर ५ ले सेमिफाईनल प्रबेशका लागि अब वडा नम्बर २ सँग प्रतिष्पर्धा गर्नेछ । फागुन २३ गतेसम्म संचालन हुने प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाको सहभागिता रहेको छ । प्रतियोगितामा भोली वडा नम्बर १ र ४ बीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सचिव भिष्म बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्